शुक्रबार, बैशाख १४, २०८१

कृषि आयोजनाहरुमा भ्रष्टाचार खुल्दै आयोजना निर्देशक सहित एक दर्जनलाई भ्रष्टाचार मुद्दा

काठमाडौं । कृषि विकास मन्त्रालय मातहतमा सञ्चालन भएका विभिन्न आयोजनाहरु मध्ये केही आयोजनामा अदृश्य रुपमा भ्रष्टाचारको जालो फैलिरहेको समाचार विगतमा बाहिर नआएका पनि होइनन् । तर अख्यितारले खासै काम गरेन कि भन्ने शंका उपशंका पनि धेरैले लिएका छन् । अहिले कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा आएका सवै जसो आयोजनाहरु विरुद्ध अख्तियारमा उजुरी परेका देखिन्छन् । अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा किसानका नाममा आएको रकम दुरुपयोग गरिएको भ्रष्टाचार बढेको भन्दै यतिखेर पाँच सय भन्दा बढी उजुरीका चाङ्ग लागेका छन् ।ministry-of-agriculture
आयोगमा परेको उजुरी मध्ये यतिखेर कृषि विकास मन्त्रालय अन्तर्गत साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाका तत्कालिन आयोजना निर्देशक शम्भुप्रसाद देव लगायत एक दर्जन कर्मचारी विरुद्ध अख्तियारले विहिबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । साना तथा मझौला किसानहरुको आयस्तर बृद्धि गर्ने उदेश्यले एशियाली विकास वैंकको सहयोगमा किसानका नाममा आएको रकम माथि आयोजनामा काम गर्ने कर्मचारीहरुको गिद्दे नजर परेपछि त्यसकार परिणाम अहिले देखा परेको छ ।
अख्यियारमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा आयोजनाका लागि विभिन्न शीर्षकमा छुट्याइएको बार्षिक बजेटबाट विभिन्न बहानामा भ्रष्टाचार भएको खुलेको छ । आयोजनाले किसानहरुसम्म प्रचार प्रसारका लागि भन्दै होडिङ्ग बोर्ड, कृषि सम्वन्धि प्रचार प्रसार र प्रविधि जानकारी सम्वन्धि छपाईको नाममा काम नगरी खर्च देखाएर रकम बुझेको अख्तियारको दावी छ । यसरी काम नै नगरी काजगी प्रक्रिया मिलाएर आयोजनाबाट २३ लाख, ९७ हजार १ सय ४६ रुपैयाँ हिनामिना गरेको दावी अख्तियार गरेको छ ।
यसरी किसानका नाममा आएको रकम कामै नगरी कागज मात्र मिलाएर हिनामिना गरेपछि तात्कालिन आयोजना निर्देशक शम्भुप्रसाद देव, कृषि प्रसार अधिकृत कमलराज शर्मा, योजना अधिकृत ढालप्रसाद पुडासैनी र आठजना स्थानीय उपभोक्ता समेतलार्य अख्यिारले भ्रष्टाचार अभियोगमा सजाय र दामासाहीले बिगो असुल गर्ने गरी मुद्दा दायर गरेको छ ।
यो आयोजना मध्य तथा सुदूरपश्चिमाञ्चलको वाँके, बर्दिया, दाङ्ग, सुर्खेत,दैलेख, डोटी, कैलाली डडेल्धुरा, दार्चुला र बैतडी जिल्लामा कृषि बस्तुको उत्पादन बृद्धि, प्रशोधन र बजार व्यवस्थापनमा सहयोग तथा कृषकधहरुको क्षमता अभिबृद्धि गर्नका लागि सञ्चालित अनुदानमुखि छ । हाल सो आयोजनामा आयोजना निर्देशकका रुपमा गोकर्ण अर्याल कार्यरत छन् । त्यसबेला आयोजनामा भ्रष्टाचार हुन थालेको गन्ध थाहा पाएपछि आयोजना वितरणमा पारदर्शिता हुनु पर्ने र आयोनजाका प्रत्येक फाइलहरुमा निगरानी बढाउनु पर्ने तर्क तात्कालिन कृषि विभागका महानिर्देशकले राखेपछि भ्रष्टहरुको चंगुमा परेर त्यसबेलाका कृषि मन्त्रीले महानिर्देशकलाई मन्त्रालय काजमा तानेका थिए । सो आयोजनामा रकम शम्भु देवको पालामा मात्र नभएर अहिले पनि दुरुपयोग भईनै रहेको खुल्न आएको छ । सो आयोजनाले बर्दिया जिल्लाको उद्योग बाणिज्य संघलाई बजार व्यवस्थापनका लागि उपलब्ध गराएको रकम उदेश्य अनुरुप खर्च नगरी कमिशनकै खेलमा क्षेत्रीय औद्योगिक तथा सांस्कृतिक मेलाका नाममा खर्च गरिएपछि उद्योग बाणिज्य संघमा समेत विवाद भएको थियो । अहिले कृषि विकास मन्त्रालय मातहतमा सञ्चालन भएका प्राय सवै जसो आयोजनाहरुको विपक्षमा अख्तियारम उजुरी परेकाले मन्त्रालयका सचिव एवं सहसचिवहरु अख्तियारमा धाउन वाध्य हुनु परेको मन्त्रालय स्रोतले बताएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७२