बिहिबार, बैशाख २०, २०८१

विवादका कारण मुक्त भएका पूर्व कृषि मन्त्रीलाई मन्त्रालयको भव्य विदाई

काठमाडौं । गत असार १५ गते धान दिवसका अवसरमा मूलपानीमा भएको रोपाइँ दिवसकै कारणले कृषि मन्त्रीबाट हात धुनु परेका पूर्व कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले आफू कृषि विकास मन्त्रालयमा मन्त्री भएर लामो समय बसेकाले मन्त्रालय भित्रका गुदी पत्तो पाईसकेकाले आफूले भनेको कुरा मातहतका निकायले तुरुन्तै गर्नेमा ढुक्क रहेको बताएका छन् । hari prasad parajuli_nमन्त्तालयमा काम कसरी हुँदो रहेछ भन्ने कुरा आफूलाई पूर्ण ज्ञान भइसकेकाले र आफू किसान महासंघको कार्यकर्ता भएका नाताले आफूले भनेको कुरा स्वीकार गर्न निर्देशन समेत दिएको कृषि विकास मन्त्रालयका कर्मचारीहरुले आरोप लगाएका छन् । कृषि विकास मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा पूर्व मन्त्री पराजुलीले सो कुरा बताएका हुन् । श्रावण २८ गते विहिबार कृषि विकास मन्त्रालयले उनलाई भव्यरुपमा विदाई गरेको छ । कृषि सचिव उत्तम कुमार भट्टराईको नेतृत्वमा मन्त्रालय मातहतका आयोजना प्रमुखहरु, सहसचिवहरु, विभिन्न बोर्ड संस्थानका कर्मचारीहरुलाई अनिवार्य उपस्थिति गराएर पूर्व कृषि मन्त्री हरिप्रसाद पराजुलीको विदाई गरिएको कृषि विकास मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
कृषि विकास मन्त्रालयले पूर्व मन्त्री हरिप्रसाद पराजुलीलाई भव्य रुपमा विदाई गरेकोमा धेरै कर्मचारीहरु रुष्ट समेत बनेका छन् । विवादमा मुछिएर मन्त्रीपदबाट मुक्त भएका व्यक्तिलाई जुन किसिमले मन्त्रालयले विदाई कार्यक्रम ग¥यो त्यो अत्यन्तै लज्जास्पद भएको एक सहसचिवले कृषिलाई बताए । मन्त्रालय, मन्त्रालय मातहत उपत्यका भित्र रहेका सम्पूर्ण कार्यलय प्रमुख तथा कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको भए पनि अन्यलाई भने कुने खवर गरिएको थिएन ।
मन्त्रीको विदाई कार्यक्रममा मन्त्रालय मातहतका केही आयोजना प्रमुख तथा केही कार्यलय प्रमुखहरुले उपहार पनि भव्य नै दिएको ती कर्मचारीले बताए । मन्त्रीले मन्त्रालयबाट विदाई कार्यक्रमबाट एक गाडि नै उपहार लगेको उनले बताए । उपहार दिनु र लिनु ठूलो कुरा भएन तर मन्त्रालयले आफै आयोजना गरेर विवादित मन्त्रीलाई जुन ढंगले विदाई गरियो त्यसले गलत सन्देश जाने उनको तर्क थियो ।
हुन पनि कृषि विकास मन्त्रालयमा हालसम्म कति कृषि मन्त्री आए गए तर हरिप्रसाद पराजुलीले जस्तो विदाई पाउन सकेका थिएनन् । जे होस् कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले विवादित मन्त्रीलाई मन्त्रालयबाट जुन किसिमले विदाई सम्पन्न गरे त्यो प्रक्रिया भविष्यमा पनि भयो भने त ठिकै होला अन्यथा पराजुलीको विदाई चाकडीको पराकाष्ठा भन्दा अरु केही हुन नसक्ने ठम्याईएको छ । – शिव पाण्डे

प्रकाशित मिति: बिहिबार, साउन २८, २०७२