शुक्रबार, बैशाख १४, २०८१

मलको अनुदान रोकियो

काठमाडौं, २७ असार । प्रांगारिक खेतीतर्फ किसानहरुलाई आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम ल्याएको कृषि विकास मन्त्रालयले विगतका बर्षहरुमा प्रांगारिक मल उत्पादनका लागि दिँदै आएको अनुदान रोक्ने भएको छ । विगतका दिनहरुमा प्रांगारिक मल कारखाना खोल्ने व्यवसायीहरुका लागि मेसिनरी सामग्रीहरुमा ५० प्रतिशत अनुदान दिँदै आएको थियो । मल कारखाना सञ्चालन गर्नका लागि दिएको अनुदानमा अत्यधिक दुरुपयोग भएको भन्दै आगामी बर्षबाट मल कारखानाका लागि दिएको अनुदान रोकिएको हो । arganik
बढ्दो रासायनिक मलको प्रयोगका कारण माटोमा उर्वराशक्तिको नष्ट हुन थालेपछि सरकारी तवरबाट नै प्रांगारिक मलको प्रयोग बढाउने र प्रांगारिक खेती तर्फ किसानहरुलाई उत्साहित गराउँदै आईको थियो । फलस्वरुप एकदर्जन भन्दा बढी प्रांगारिक मल कारखाना खोल्नका लागि अनुदान लिएर गएका कतिपय सञ्चालकहरुले कारखाना नै नखोलेको र अनुदान मात्र लगेको आरोप समेत लाग्दै आएको थियो । कृषि विकास मन्त्रालयले हालसम्ममा करीव ८ करोडभन्दा बढी ररकम प्रांगारिक मल कारखानाका लागि अनुदान उपलब्ध गराईसकेको भएपनि सो अनुरुप मल कारखाना सञ्चालन र मल उत्पादन हुने सकेको देखिैदैन । बरु सरकारको अनुदान लिँलै नलिएका व्यवसायीहरुले भने प्रांगारिक मल कारखाना सञ्चालन गरेर राम्रै आम्दानी समेत गरेको देखिन्छ ।
प्रांगारिक मल उत्पादनका लागि उपलब्ध गराएको अनुदानको ९० प्रतिशत भन्दा बढी नै दुरुपयोग भएको चर्चा विगतमा पनि भएको र यतिखेर संसदीय समितिले नै चासो लिएपछि विगतमा भएको दुरुपयोगको पर्दाफास हुने डरले यो पटक अनुदान नै रोक्न लागिएको कृषि मन्त्रालय स्रोतले बताएको छ ।

प्रकाशित मिति: आइतवार, असार २७, २०७२