शुक्रबार, बैशाख ७, २०८१

उदयपुर जिल्ला समेट्दै कृषक समूह महासंघ

उदयपुर,२७ असार। राष्ट्रिय कृषक समूह महासंघ नेपालले उदयपुरको तीनै नगरपालिका र २४ वटा गाँउ विकास समिति नगर महासंघ र गाँउ महासंघ कार्यसमिति गठन गरेको बताएको छ । कृषिजन्य वस्तुले उचित मूल्य नपाउनु पर्ने लगायतका उदेश्य राखि गठन भएको राष्ट्रिय कृषक समूह महासंघ नेपाल उदयपुरका अध्यक्ष सोम दनुवारले बताए । कृषकको अधिकार प्राप्तिका लागि संगठित कृषक समूहलाई गांउ ईलाका, जिल्ला क्षेत्र र केन्द्रीय स्तरमा समन्वय गराउदै राज्यलाई कृषकको समस्या प्रति सचेत गराउने उदेश्यले जिल्लाका विभिन्न गाँउ विकास समितिमा गाँउ महासंघ कार्य समिति विस्तार गरिएको महासंघ नेपाल उदयपुरका अध्यक्ष दनुवारले जानकारी दिए ।
कृषि पेशालाई मर्यादित बनाउन, श्रमको उचित मूल्य पाउन, कृषकको सामाजिक सुरक्षाको ग्यारेटी गर्न उत्पादनका साधनलाई आधुनिकीकरण गर्न चेतना पैmलाउन २४ वटा गाविस र तीनै नगरपालिकामा गाँउ महासंघ गठन गरिएको महासंघ उदयपुरका सचिव कुशल राउतले बताए । गाँउ महासंघ गठन भएका गाविसमा लेखानी, हर्देनी, मयाँखु, सिरिसे, बारा, ताम्लिाछा, लेखगाँउ, ओख्ले, साउने, पोखरी, आँपटार, सोरुङ छविसेमा गाँउ महासंघ कार्य समिति गठन भएको अध्यक्ष दनुवारले बातए । यसैरी गठन हुनेमा रिस्कु, जाल्पा चिलाउने, जोगिदह, हडिया, सिद्धिपुर, चौदण्डीगढी, तपेश्वरी, रामपुर ठोक्सिला, कटुञ्जे ववला, मैनामैनी र भूटारमा गठन भएको बताएका छन् । जिल्ला तीनवटै नगरपालिकामा त्रियुगा, वेल्टार–वसाहा र कटारी नगरपालिका पनि नगर महासंघ गठन भईसकेको छ । गाउँ महासंघ कार्यसमिति गठन हुन बाँकी १६ वटा गाविस रहेको भन्दै दनुवारले केही समयभित्रै ति गाविसमा गठन गर्ने बताएका छन् । लिम्पाटार, रुपाटार, बासस्बोटे, ईनामे, बल्मता, ठाँनागाउँ, जाते, तावाश्री, लाफागाँउ, खाँबु, सुन्दरपुर, पञ्चावती, बर्रे, डुम्रे, भलायडाँडाँ र नामेटार गाविसमा केही समय भित्रै गठन गर्न लागिएको सचिव राउतको भनाई छ कृषकको अधिकारका पक्षमा २०६८ देखि पैरवी गर्दै अगाडी बढिरहेको बताउँदै दनुवार जिल्ला छवटा गाविसमा खाद्य अधिकार सम्बन्धी परियोजना लागु समेत भएको बताए । जिल्ला परियोजना अधिकृत देव थापाले केयर नेपालको साझेदारीमा खाद्य अधिकार परियोजना लेखानी, हर्देनी, कटारी नगरपालिका, तपेश्वरी मैनामैनी, रामपुर ठोक्सिला र कटुञ्जे ववलामा लागु भएको जानकारी दिए ।
थापाले कार्यक्रमको पहिलो चरण भएकोले परियोजना लागु भएको गाविस र नपामा गाँउ टोलमा रहेका कृषक समूहलाई तालिम, गोष्टी, छलफल सञ्चालन गरिरहेको बताए । थापाले कृषि विकास कार्यालय तथा कृषिसँग सरोकारवाल निकायबाट छुटिइयाएका सेवा सुविधाको बारेमा सचेतना जगाउने काम भईरहेको पनि जानकारी दिए– बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: आइतवार, असार २७, २०७२