बिहिबार, बैशाख २७, २०८१

२० करोडसम्म सात प्रतिशत ब्याजमा

hari pकास्की, १२ असार । निर्वाहमुखी कृषिलाई व्यवसायिकरण गर्न कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नु पर्ने कृषि मन्त्री हरिप्रसाद पराजुलीले बताएका छन् । परम्परागत कृषिले जीवन निर्वाह बाहेक अरु केही पनि गर्न नसकिने भएकाले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन पनि नेपाली कृषिलाई आधुनिकीकरण मार्फत व्यवसायिकरण गर्नु पर्नेका मन्त्री पराजुलीले जोड दिएका छन् ।
पराजुली समाज नेपालको पश्चिमाञ्चलस्तरीय क्षेत्रीय भेलामा प्रमुख अतिथिका रुपमा पोखरा आएका पराजुलीले सो भेलालाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् । उनले यसका लागि कृषि मन्त्रालयले आगामी वर्षदेखि प्रत्येक जिल्लाका तीन सहकारीमार्पmत रु तीन करोड देखि २० करोडसम्म सात प्रतिशत ब्याजमा ऋण दिन सकिने समेत आश्वासन दिएका छन् ।

प्रकाशित मिति: शनिबार, असार १२, २०७२