शुक्रबार, चैत्र १६, २०८०

बर्षातको कारण जुम्ली किसान खुशी

जुम्ला, १२ असार । गत बुधबारदेखि लगातार परेको बर्षातका कारण जुम्ली किसानलाई हर्षित बनाएको छ । बर्षाका कारण अन्य कामहरुमा समस्या आएपनि खेतीका लागि यसले महत्वपूर्ण काम गरेकाले किसानहरु हर्षित बनेका हुन् । आफूहरुले पानीलाई पर्खेर बसेको बताउदै अगुवा जुम्ली किसान पुर्णप्रसाद न्यौपाने बताउछन् “बारीमा लगाएका सबै बालीलाई सिचाँईको आवश्यक थियो, अब यहाँको सिचाँईको व्यवस्था छैन पानी आयो राम्रै भयो” ।
जुम्लामा लगाईएका पाखे बाली अन्र्तगतका कोदो लगायतका बालीमा डढेको लागेकोले यो पानीले कोदोबालीमा फाईदा पु¥याएको जिल्ला कृषि बिकास कार्यालय जुम्लाका कृषि प्रसार अधिकृत धनबहादुर कठायतले बताए । जुम्लाको लेकाली क्षेत्रमा तथा अन्य क्षेत्रमा लगाईएका बालीहरु मकै, सिमी, आलु लगायतका बालीलाई पनि पानीले फाईदा पु¥याएको कठायतको भनाई छ ।
जुम्ली किसानको महत्वपुर्ण खेती स्याउ खेतीमा पनी यो पानीले फाईदा भएको छ । केही समय अगाडि सिचाँईको समस्याका कारण जुम्लामा खेती गरिएको स्याउमा चिचिला झर्ने समस्या आएको थियो । चिचिला झर्ने समस्यालाई रोक्नको लागिी सिचाँईको उचित व्यवस्था हुनुपर्ने कृषि बिज्ञहरुले बताउने गरेका थिए । तर बुधबारदेखि परेको पानीका कारण स्याउको चिचिला झर्ने समस्या रोक्नुका साथै स्याउलाई रुष्टपुष्ट बनाउने र स्याउको आकारमा बृद्धि हुने कृषि प्रसार अधिकृत धनबहादुर कठायत बताउछन् । – श्याम बिसी

प्रकाशित मिति: शनिबार, असार १२, २०७२