शुक्रबार, बैशाख २१, २०८१

भूकम्पको बहानामा किसान ठग्दै दाना व्यापारी

काठमाडौं,३१ जेठ । विनासकारी भूकम्पको बहाना गर्दै कुखुराको दाना उत्पादन गरिरहेका दाना व्यापारीहरुले दानाको मूल्य बढाएर बेच्न थालेपछि किसानहरु मर्काका परेका छन । भूकम्प पश्चात कुखुराको अण्डा तथा कुखुराको समेत विक्न छाडेपछि सस्तोमा बेच्न थालेका किसानहरुले कुखुराका लागि चाहिने दाना भने चर्को मूल्यका किन्नु परेको छ । विभिन्न दाना उत्पादन गर्ने दाना कम्पनीहरुले कुखुराका लागि अत्यावश्यक मानिने दानाको मूल्य बढाएर बेच्न थालेपछि किसानहरु प्रत्यक्ष मारमा परेका हुन् । dana
सरकार यतिखेर भूकम्पबाट प्रभावित क्षेत्रमा बढी सक्रिय भएकाले बेला व्यापारीहरु भने मौकाको फाइदा उठाउनतिर लागेका छन् । कुखुराको दाना चर्को मूल्य बेचिरहँदा पनि सरोकारवाला निकायहरुले ध्यान दिन नसक्दा किसानहरुको उठिबास लाग्ने बेला भएको छ । नेपालमा विक्री भईरहेका कुखुराका दाना केही भारतमा उत्पादित छन् भने दाना उत्पादनका लागि धेरै संख्यामा उद्योगहरु नेपालमा नै स्थापित भईसकेका छन् ।
दानाको मूल्यका कारण किसानहरु मर्काका परेपछि व्यापारीहरु भने टन्ने मोटाउन थालेका छन् । दानाको मूल्य बृद्धि भएको हो वा कालाबजारी गरिएको हो भन्ने प्रश्नको उत्तर दाना उद्योग संघका पदाधिकारीहरु दिन चाहँदैनन् । चितवनमा दाना उद्योग सञ्चालन गरिरहेका एक उद्यमी भन्छन् भूकम्प पछाडि दाना बनाउनका लागि आवश्यक पर्ने मकै भटमास, पीना लगायत कच्चा पदार्थहरु मूल्य बृद्धि भएकाले पनि दानाको भाउ बढाउन थालिएको हो । कच्चा पदार्थको भाउ बढे लगतै दानाको मूल्य बृद्धि गर्नु पर्ने उनको भनाई रहेको छ । तर कच्चा पदार्थको मूल्य सस्तो हुँदा भने दानाको मूल्य घटाउने नगरिएको उनको भनाई छ । .

प्रकाशित मिति: आइतवार, जेष्ठ ३१, २०७२