शुक्रबार, बैशाख २१, २०८१

महाभूकम्पबाट कृषि मन्त्रालयका चार कर्मचारीको निधन

काठमाडौं ३० जेठ । गत बैशाख १२, १३ र २९ गते आएको विनासकारी महाभूकम्पमा परी कृषि विकास मन्त्रालयका चार कर्मचारीहरुको निधन भएको छ । कृषि विकास मन्त्रालयका अनुसार महाभूकम्पमा परी निधन हुनेहरुमा कृषि प्रसार अधिकृत नारायण तिमल्सेना कृषि प्रसार निर्देशनालय हरिहरभवन, कुमार बम्जन प्लान्ट क्वारेन्टाइन कार्यालय तातोपानी, सन्तोष तामाङ्ग र बाङ्गदेव तामाङ्ग दुग्ध विकास संस्थानको लाङ्टाङ चिजन केन्द्रमा कार्यरत कर्मचारीहरु रहेका छन् । भने महाभूकम्पका परी मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत ६ जना कर्मचारी घाइते भएका थिए ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ३०, २०७२