शुक्रबार, बैशाख २१, २०८१

सिन्धुपाल्चोकमा दूध उत्पादन घट्यो

सिन्धुपाल्चोक, ३० जेठ । वैशाखमा गएको भूकम्पका कारण सिन्धुपाल्चोकका दुग्ध उत्पादनमा सक्रिय रहेका किसानहरु समेत प्रभावित भएका छन् । किसानहरुसँगै उनीहरुले पालेका गाईबस्तु कतिका मरे भने कतिका घाइते भएका छन् । जसका कारण सिन्धुपाल्चोकमा दुग्ध उत्पादन घटेको छ जसका कारण दुग्ध व्यवसायमा नराम्रो असर परेको छ । भूकम्पले ९९ प्रतिशत घरगोठ भत्किएकाले किसानले पालेका गाईभैँसी मरेका कारण उत्पादनमा प्रभाव परेको हो । यस क्षेत्रको प्रमुख आयस्रोतका रुपमा रहेको दुग्ध व्यवसायलाई पुरानै अवस्थामा फर्काउन सरकारले किसानलाई पशुपालनमा सहुलियतपूर्ण ऋणका साथै पशु बिमासमेत गर्नुपर्ने आवश्यकता रहेको छ ।

मेलम्ची बजारमा १५ वर्षअघिदेखि दूध सङ्कलन गर्दै आउनुभएका भीमप्रसाद दुलालले पहिला करिब दुई हजार पाँच सय लिटर दूध सङ्कलन गर्दै आएकामा भूकम्पपछि एक हजार दुई सय लिटर दूध सङ्कलन हुने गरेको बताए ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ३०, २०७२