सोमवार, बैशाख २४, २०८१

नेपालगञ्ज विक्री गरिएका मासु खान अयोग्य

वाँके, ३० जेठ । वाँके जिल्लामा उपभोक्ताले खरिद गर्ने मासु खानै नहुने गरी बेचबिखन भइरहेको पाइएपछि नेपालगञ्ज उपमहानगरपालिकाले मासु विक्री कार्यमाथि िनिगरानी बढाएको छ । उपमहानगरपालिकाको निरीक्षण उपशाखाको अगुवाइमा बजार अनुगमन समितिले नेपालगञ्ज बजारमा मासु पसलमा गरेको स्थलगत निरीक्षणपछि यो तथ्य बाहिर आएको हो ।
सो उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु भुसालको नेतृत्वमा रहेको सरोकारवाला निकायको टोलीले मासु पसलको स्थलगत निरीक्षण गरेको थियो । प्रायः सबै पसलको अवस्था हेर्दा मासु त खानै नहुने रहेछ, उनको थप भनाइ थियो । फोहर छेउमै खसी, कुखुरा बध गर्ने, ४४ डिग्री सेल्सियसको नेपालगन्जको अहिलेको गर्मीमा पनि मासु फ्रिज नगरी बिक्री गर्ने, रोगी, बुढो खसी, बाख्री बध गर्ने गरेको पाइएको छ । निरीक्षणका क्रममा कतिपय मासु व्यवसायीले अनुमतिपत्र नै नलिएको र व्यवसाय दर्तासमेत नगरेको पाइएको छ ।
समितिले नेपालगञ्जका बाँकेगाउँ, रामलीला मैदान, साहबाबा र दैलेखी बङ्गलामा अवस्थित करिब दुई दर्जन खसी र कुखुरा मासु पसलको निरीक्षण गरेको थियो । जनताको स्वास्थ्यसँग खेलबाड गरेको देखिएका मासु पसलेलाई समितिले कारबाहीको दायरामा ल्याइएको र मासु व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्नसमेत निर्देशन दिइएको कार्यकारी प्रमुख भुसालले बताए ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ३०, २०७२