मङ्लबार, बैशाख १८, २०८१

कृषकको समस्या समामाधान गर्दै एभरग्रिन कृषि सहकारी

हर्देनी,  ८ वैशाख। जिल्लाको उत्तरी पहाडी क्षेत्रमा पर्ने हर्देनी गाँउ विकास समिति–४ गहुँबारी अवस्थित रहेको एभरग्रिन कृषि सहकारी कृषको समस्या समाधान गर्ने विकल्प बन्दै गएको छ । हर्देनी आसपासमा रहेका कृषको विभिन्न समस्या समाधान गर्दै व्यवसयीक कृषिमा स्थानीयलाई उत्साही बनाउँदै गएको सहकारीका अध्यक्ष दिपक बुढथोकी(सरोज)ले बताए ।
मुलुकीको कुराकानीमा अध्यक्ष बुढाथोकीले व्यवसायकि कृषि पेशाको लागि युवालाई उत्साहित पार्ने र विभिन्न प्रकारका प्रविधिक युक्त तालिमहरु समेत सञ्चालन गरेको बताए । उनले अवका दिनमा कृष जन्य बस्तु उत्पादनमा लागे अन्य वैदेशिक रोजगारीमा समेत जानु नर्पेने भएकाले स्थानीय युवालाई स्थानीय उत्पदनमा लाग्न प्रत्साहान गरेको बताए ।
बुढाथोकीका अनुसार केही समय अगाडि मात्र सयभन्दा माथिका अगुवा कृषकहरुलाई अदुवा खेतीसम्बन्धी प्रविधिक तालिम सरकारी तथा गैरसरकारी सँस्थाको सहयोगमा सञ्चालन गरिएको छ । यसैगरी अदुवलाई उपचार गरेर रोप्ने विधिबारे, अनि अदुवालाई लाग्ने रोग र त्यसको उपचारको बारेमा तालिम दिइएको थियो । सहकारीले जग्गा भाडामा लिएर ३० कुईन्टल विउ समेत रोपेको जनाकारी दिदैँ उनले अमलिसो, अलैँची, फलफुल खेतीमा स्थानीय कृषकलाई उत्साही गर्दै सहकारी अघि बढेको बताए । कृषका बालिनालिमा देखिएका समस्याको बारेमा सम्बन्धीत कृषि विज्ञमार्फत समाधान गराउने गरेका छन् । बालिमा लागेको रोगको लक्षण र रोग लागेको विरुवानै कृषि विज्ञका पु¥याई बालिको उपचार गर्ने गरेको अध्यक्ष बुढाथोकीको भनाई छ । आगमी दिनमा जिल्लाकै नमुना बाख्रा फर्म खोल्ने कार्यमा सहकारी लागि परिरहेको भन्दै जिल्लाकै नमुना कृषि सहकारी बनाउने लक्ष्य लिएको उनले जानकारी दिए ।
सहकारीका सदसयहरुमा अगुवा कृषकहरु रहेकाले सँस्थालाई पुर्णरुपमा कृषि क्षेत्रको विकासमा लाग्न सहययोग पुगेको सहकारीका पदाधिकारीले बताएका छन् । हर्देनी १ का अगुवा कृषक ज्ञानबहादुर बस्नेतले सहकारीले आफुहरुका बालिनालीमा देखिएका समस्या समाधान गर्न सहयोग पु¥याएको बताए । उनले अदुवा, आलु लगायत जुनसुकै बालिमा रोग देखिए पनि सामाधना गर्न सहकारीले सहयोग जानकारी दिए । सहकारीको पहलमा गाँउ गाँउमा कृषकले पालेका गाईबाख्रालाई लगाइने भ्यक्सिन, औषधी समेत समय समय आउने गरेको पनि बस्नेतको भनाई छ । पछिल्ला वर्षमा हर्देनी, मयाङखु, सिरिसे, सोरुङ छविसे लगायतका कृषहरु अदुवा, अम्लिसो, अलैँची, दालचीनि लगायतको व्यवसायीक खेती गर्न लागीपरेका छन् । जिल्ला सहकारी डिभिजन कार्यालयले अन्य सहकारीको तुलनामा एभरग्रिनले राम्रो रुपमा काम गर्दै गएको जनाएको छ । कार्यालयका अनुसार जिल्लामा धेरै ठुलो संख्यमा सरकारी अनुदान खाने मात्र सहरकारी रहेका छन् । एक गोप्य स्रोतको अनुसार दलका नेताको संरक्षणमा सरकारी अनुदान दलका कार्यकर्ताले खोलेका सहकारीमा पुग्ने गरेको छ । –बिदुर कटुवला बैरागी

प्रकाशित मिति: मङ्लबार, बैशाख ८, २०७२