बिहिबार, बैशाख २७, २०८१

पाल्पामा अदुवा बीउ वितरण

पाल्पा, ७ वैशाख । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत भैरवस्थान र फेक गाविसका कृषकलाई अदुवाको बीउ वितरण गरिएको छ ।
कृषकलाई तीन हजार ३३३ किलो अदुवा बीउ बीउ भैरव ग्रामीण महिला समूह, चण्डेश्वरी महिला समूह र नमुना सामूहिक कृषि फार्मलाई वितरण गरिएको हो । कृषकलाई आकस्मिक उपचारका लागि विषादीसमेत वितरण गरिएको कार्यक्रमका सदस्य सचिव मुक्तिप्रसाद न्यौपानेले बताए । उनले उत्पादन भएको अदुवाको बजारीकरण गर्न सघाउने समेत बताए । “व्यावसायिक तरिकाबाट खेती गर्ने र ग्रेडिङ, प्याकेजिङ एवम् प्रशोधन उद्योग स्थापना गर्ने कार्यक्रम ल्याएर केन्द्रीय बजारमा पहुँच पु¥याउने प्रयासमा लागिपरेका छौँ” उनले भने ।

प्रकाशित मिति: सोमवार, बैशाख ७, २०७२