शनिबार, बैशाख १५, २०८१

माडिचौरमा कृषि सङ्कलन केन्द्र स्थापना

रोल्पा, १ वैशाख । सदरमुकाम नजिकैको कोटगाउँ माडिचौरमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । आइ प्याक, किसान, इका परियोजना, कृषि विकास कार्यालय र लिबाङ कृषि हाट बजार समितिको पहलमा सोमबारदेखि केन्द्र सञ्चालनमा आएको हो ।
यहाँ उत्पादित तरकारी सङ्कलन केन्द्रबाट सदरमुकाम लिबाङ, पूर्वी रोल्पाको प्रमुख व्यापारिक केन्द्र सुलिचौर हँुदै जिल्ला बाहिर खपत गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालन गरिएको कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजना ‘आई प्याक’का बजार अधिकृत राम श्रेष्ठले बताउनुभयो ।
सङ्कलन केन्द्र सञ्चालनको पहिलो दिन सोमबार यहाँका ४६ किसानले उत्पादन गरेका करिब एक हजार किलोग्राम तरकारी सदरमुकाममा खपत केन्द्रले जनाएको छ । कृषिउपज केन्द्र सञ्चालनमा आएसँगै यहाँका किसानले उत्पादन गरेका तरकारी डोकोमा बोकेर सदरमुकाम बेच्न जानुपर्ने बाध्यता हटेको छ । कोटगाउँ, जङ्कोटलगायत आसपासका गाविसका कृषकलाई तरकारी बिक्री गर्न सहज हुने भएको छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख १, २०७२