बिहिबार, बैशाख २०, २०८१

नेपाली किसानकालागि कोसेलीहरु

sesभारतीय सरकार र अन्तर्राष्ट्रिय गहुं तथा मकै अनुसन्धान कार्यक्रम (सिमिट) बिच सन् २०११ अक्टोवर ५ मा भएको सम्झौता अनुरुप स्थापना गरिएको एउटा अनुसन्धान केन्द्रको छोटकरी रुप विसा हो । हरितक्रान्तिका जनक भनेर चिनिने डा. नर्मन वोर्लगको नामबाट स्थापना गरिएको विसाको पूर्ण रुप दक्षिण एशियाका लागि वोर्लग अध्ययन संस्थान हो । भारतका ३ वटा विभिन्न इकोलोजिकल वेल्टको प्रतिनिधित्व हुने गरी ३ वटा राज्यहरुहरुमा स्थापना गरिएका विसाबाट वातावरण अनुकुलन कृषि ९ऋष्mिबतभ क्mबचत ब्नचष्अगतिगचभ० संग सम्बन्धित विभिन्न अध्ययन अनुसन्धानहरु गर्ने गरिएका छन । पञ्जाव राज्यको लुधियानामा पर्ने लधवाल, मध्यप्रदेश राज्यको जवलपुरमा पर्ने मनीगाउं र विहार राज्यको समस्तीपुरमा पर्ने पुसामा स्थापना गरिएका विसाले नेपालको लागि पनि काम गर्दछन किनकी यिनीहरुले दक्षिण एशियाको प्रतिनिधित्व गर्दछन् । यहां गरिएका अनुसन्धानबाट प्राप्त नतिजा र असल सिकाईहरु नेपालमा अनुसन्धानकर्ता र कृषि प्रसार कार्यकर्ताले पनि त्यसबाट सिकेर कृषक समुदाय सम्म लैजान पहल गर्न सक्नु पर्दछ । यस्को लाभ नेपाली कृषकले पाउनु त्यत्तिकै युक्तिसंगत छ ।
विसाले त्यहां सञ्चालन गरेका विभिन्न अनुसन्धानहरु मध्ये मलाई आलु र बसन्ते मकैको अन्तरवाली पद्धतिले आकर्षित बनायो । आलु खन्दा मकै समेत गोड्न मिल्ने गरी लगाइएकाले मल र पानीको सही सदुपयोग भइ आलु र मकैको उत्पादनबाट दोब्बर आम्दानी पाउन सकिंदो रहेछ । यो पद्धतिले सिंचाई पानीको अधिकतम उपयोग गर्ने भन्दा पनि आवश्यक र न्यायोचित उपयोग गरी मकै खेती गरिने भएकाले धबतभच तबदभि घटन बाट बचाउन सकिने रहेछ । वाली अवशेषको प्रयोगगरी थोपा सिंचाई पद्धति अपनाउनाले वाष्पीकरण र उत्सर्जन प्रकृयाबाट पानीको अनायास क्षय हुन नपाउने रहेछ । यसै सिलसिलामा ह्याप्पी सिडरले ६७.५ से.मि. फराकिला केही उठाईएका स्थायी वेडको दुई छेउमा मकै रोपिएको, वाली अवशेषहरुको प्रयोग गरिएको र मकैलाई चाहिने मात्रा अनुरुप सिंचाई गरिएकाले मकैको वोट पनि असाध्य स्वस्थ देखिन्थे । मकैका प्रत्येक वोटमा लागेका रहरलाग्दा घोगा देख्दा सवैको मन त्यतै तिर तानिए । डिजिटल क्यामेरा हुनेहरुले क्यामेराले र क्यामेरा नहुनहरुेले मोवाइलबाट भए पनि मकैका रहरलाग्दा घोगा समातेका फोटोहरु खिच्न थाले । विसाको मकैवारीमा एकछिन फोटो सेसन जस्तै भयो । सिंगल पोज, विसाका वैज्ञानिकहरुसंग, समुहमा गरी थरिथरिका फोटोहरु खिचिए । किसानको तरिकासंग यो पद्धतिलाई तुलना गर्दा ६६ प्रतिशत पानीको बचत भएको अनुसन्धानको नतिजा केन्द्रका वरिष्ठ वैज्ञानिक डा. राजकुमार जाटबाट सुन्दा झनै अचम्म लाग्यो हामीलाई ।
त्यसै गरी दुईवटा उद्देश्यका लागि उपयुक्तहुने गहुंको जातीय छनौट भन्ने अध्ययन गरिएको रहेछ । त्यस्ले अर्को पटक मेरो मन खिच्यो । एकछिन अडिएर प्लटमा राखिएको होर्डिंग वोर्ड सर्सर्ति पढें । अहं पटक्कै बुझिन मैले त्यहां लेखिएको दुईवटा उद्देश्य भनिएको वारेमा । नजिकै रहेका विसाका वैज्ञानिक डा.दिपकलाई विस्तारै सोधें । सायद यति पनि बुझेन छ यो गोर्खालीले भन्ने लागेर होला उनी हल्का मुस्कुराए । गहुंको वोट काटेर गाईवस्तुका लागि हरियो घांस पनि हुने र गहुंको उत्पादनमा पनि हस नआउने सम्बन्धमा उनीहरुले अनुसन्धान गरेका रहेछन । गहुंको वोट काट्दा निश्चय पनि त्यस्ले गहुंको क्यानोपि क्षेत्रफल घट्ने भएकाले प्रकाश संश्लेषण प्रकृयामा हस आई गहुंको उत्पादन त घटि हाल्छ नि भन्ने मेरो लाटो बुद्धिले भनिरहेको थियो । तर बुझ्दै गएं त्यो त गहुं काटदा ढिला भएमा मात्र हुन सक्ने रहेछ । उनीहरुले कुन समयमा काट्दा गहुंको उत्पादन पनि नघट्ने र घांस पनि धेरै निकाल्न सकिन्छ भनेर विगत २ बर्ष अघि देखि अनुसन्धान गर्दै रहेछन । गहुं छरेको ५५ दिनमा गहुंको वोट काटदा सूर्यको प्रकाश वोटको तल्लोभाग सम्म छिर्न पाउने भएकाले रेडिएसन युज एफिसिएन्सी ९च्बमष्बतष्यल ग्कभ भाष्अष्भलअथ(च्ग्भ्० बढ्न जांदा गहुंको वोट २ हप्ता भित्र नै पहिलेको अवस्थामा आइपुग्ने र गहुंको उत्पादनमा कुनै हस नआउने जस्ता आश्चर्यजनक नतिजाहरु पाईएको सुन्दा अनुसन्धानको तारिफ गर्न थालें । अझ घज्ञभ्क्ध्थ्त्(ज्ञद्दछ जातको गहुंले त वोट नकाटेको अवस्थामा ३.४४ मे.टन प्रति हेक्टर उत्पादन दिएकोमा वोट काटेर ५.३१ मे.टन हरियो घांस लिएपछि पनि गहुंको उत्पादन ५.२६ मे.टन भएको अनुसन्धानको नतिजा देख्दा र सुन्दा कहिले नेपाल पुगेर किसानलाई सुनाउं जस्तो लाग्यो । म हतारिएं । बिर्सन्छ कि भनेर डायरीमा टिपोट गरेर राखें । त्यही मेरो डायरी खोलेर त्यहां लेखिएका अनुसन्धानका नतिजाहरु यो रुपमा सविस्तार लेख्ने प्रयाश गरें ।
हामी त्यहां पुग्दा विसाको कम्पाउण्ड भित्र कम्वाइण्ड हार्भेष्टर धमाधम गहुं काट्दै थियो । एकै छिन पछि गहुं काटेको प्लटमा ट्रयाक्टर दौडिरहेको थियो । ट्रयाक्टरको पछाडी जोत्ने ह्यारोको वदलामा ह्यापि सिडर जोडिएको थियो । त्यो ह्यापि सिडरले एकै साथ मुंग र रासायनिक मल छर्ने र पुर्ने गर्दो रहेछ । गहुं काट्ना साथ माटोमा रहेको चिस्यानलाई उड्न नदिई तत्काल विना खनजोत मुंग छर्दा मुंगको उमारशक्ति अत्यन्त राम्रो हुने रहेछ । नगिचैको प्लटमा एक हप्ता अघि मात्र त्यसरि नै छरिएको मुंग लाईन मिलेर उम्रेको देख्दा दंग परें । यसरी विउको बचत हुने, उमारशक्ति राम्रो हुने, समयको बचत हुने भएपछि विसाको अनुसन्धान प्रति कृषकहरुको ठूलो अपेक्षा रहेछ । गहुं काटेपछि राम्रोसंग खनजोत गरेर मुंग छर्ने गरिएमा मात्र मुंगले राम्रो उत्पादन दिन्छ भनेर विश्वास गर्ने कृषकहरु जमिन जोत्दा जोत्दै खेतमा भएको अलिकति चिस्यान पनि उडेर गएपछि मुंग नउम्रने समस्याले आजित भएका रहेछन । यो प्रविधिले त्यस्ता कृषकहरुलाई ठूलो राहत मिलेछ । त्यस्ता कृषकहरुको त मुहार नै फेरिएछ । धान पछि गहुं मात्र लगाइने त्यस क्षेत्र हिजो आज त धान, गहुं र मुंग वाली प्रणाली भएको तीनवटा वाली लगाएर वाली सघनतामा फड्को मार्न थालिसकेछन् । छोटो अवधीमा पाक्ने र धेरै उत्पादन दिने राजेन्द्र भगवति जातको धानको साथमा गहुंको एच डि २९६७ जात लगाउंदा मुंगको लागि समय अनुकूल पार्न सहयोग मिलेको अनुसन्धानको नतिजाले देखाएको रहेछ । त्यसैले आजभोली धेरैले विसाले छनौट गरेकै जातहरु लगाउन थालेका रहेछन । खेतका होचो अग्लो भागलाई लेजर लेवलरको सहायताले एकनासको समतल पारेर खेती गर्दा झारपातको समस्या कम हुने, लागत खर्च कम लाग्ने, सिंचाई गर्दा थोरै पानी भए पनि पुग्ने, ३० देखि ४० प्रतिशत पानीको बचत हुने, वाली एकैसाथ पाक्ने र उत्पादनमा बृद्धि हुने जस्ता अत्यन्त सकारात्मक नतिजाले गर्दा लेजर लेवलरको प्रयोग गर्न चाहने कृषकहरु धेरै हुने रहेछन । विहार राज्य सरकारले वसन्ते खेती प्रबद्र्धनका लागि भनेर मुंग र ढैंचाको विउ सत प्रतिशत अनुदानमा यत्र तत्र उपलव्ध गराएको सुन्दा अचम्म लाग्यो । मुख्यमन्त्री नितिश कुमारको तारिफ गरें । कृषि क्षेत्रको लागि उनले चलाएका कृषकमुखी प्रयाशहरुको खुलेर प्रशंसा गरें । नेपालमा नितिश कुमार मोडेलको अनुकरण गर्ने सच्चा अनुयायीको खांचो रहेको विचार मनको एउटा कुनामा लगेर थन्क्याएं । नेपालमा पनि अभियानकोरुपमा वसन्तेखेती प्रबद्र्धन गर्ने कार्यक्रम ल्याउन सकिएमा खाद्य सुरक्षामा थोरै भए पनि मद्दत पुग्ने विश्वास लिएर पटनाबाट फर्कें । इसिमोड र सिप्रेडले म सहितका ९ जना कर्मचारीहरुलाई चैत्र १७ गते देखि २१ गते सम्म पांच दिन वातावरण अनुकुलन कृषि ९ऋष्mिबतभ क्mबचत ब्नचष्अगतिगचभ० संग सम्बन्धित कृयाकलापको अध्ययन भ्रमणमा गएर आउंदा मैले भ्रमणबाट कृषकका लागि ल्याइदिएको कोसेली यही नै हो । अरु साथीहरुले थप केही ल्याउनुभएको भए वहांहरुले यथोचित समय र भिन्न रुपमा पस्कनु नै हुनेछ । –शेषमणि भट्टराई

प्रकाशित मिति: सोमवार, चैत्र ३०, २०७१