शनिबार, बैशाख १५, २०८१

जागिर त्यागेर बाख्रापालन

म्याग्दी, ३० चैत । बेनी नगरपालिका–१० तोरीपानीका आनन्द रिजालले रु सात लाख ५० हजारको लगानीमा बाख्रापालन सुरु गरेका छन् ।
जागिर त्यागेर ४४ वर्षीय रिजालले डेढ वर्षदेखि गाउँमै बाख्रापालनबाट यथेष्ट आम्दानी गर्न सफल भएका छन् । दशवटा स्थानीय जातका माउ बाख्राबाट धवलागिरि बाख्रापालन फार्म सुरु गरेका उनले सात लाख ५० हजार लगानीमा गरेका छन् ।
“फार्ममा ५५ मध्ये ४५ वटा बाख्रा प्रजननयोग्य छन्” सञ्चालक रिजालले बताए । फार्ममा खरी, जमुनापारी, सिनाल, बोयरलगायतका जातका बाख्रापालन छन् ।“हालसम्म खसीबोका बिक्रीबाट रु एक लाख पचास हजार कमाइ भएको छ” उनले बताए । तालिम लिएपछि व्यावसायिक बाख्रापालन सुरु गरेको समेत उनले जनाए ।

प्रकाशित मिति: सोमवार, चैत्र ३०, २०७१