शुक्रबार, बैशाख २१, २०८१

बीउ उत्पादन क्षमता विस्तार

धनगढी, ९ चैत । उन्नत बीउबिजनको माग बढेसँगै धनगढी नगरपालिका–१३ मा सञ्चालित ‘युनिक सिड कम्पनी’ले बीउ उत्पादन क्षमता विस्तार गरेको छ । कृषि मन्त्रालय अन्तर्गतको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले आर्थिक अनुदान सहयोग उपलब्ध गराएपछि बीउ उत्पादन क्षमता विस्तार गरिएको कम्पनीका अध्यक्ष लक्ष्मीकान्त ढकालले बताए । उन्नत् बीउबिजन उत्पादन, सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको सुदूरपश्चिमको पहिलो ‘युनिक सिड कम्पनी’ विसं २०६४ देखि सञ्चालनमा आएको हो । कम्पनीले वार्षिक करिब रु तीन करोड मूल्य बराबरको उन्नत् बीउ उत्पादन गरी बिक्री वितरण गर्दैआएको छ । वाषर््िाक एक हजार मेट्रिक टन बीउ उत्पादन गर्दै आएको कम्पनीले आयोजना लागू भएसँगै वार्षिक दुई हजार ७०० मेट्रिक टनसम्म बीउ उत्पादन गर्न लागेको ढकालले बताए । परियोजना अन्तर्गत कम्पनीले उन्नत् बीउको प्रशोधन गरी गुणस्तरीय बीउ बिक्री वितरण गर्न प्रशोधन सामग्री, बीउको प्रयोगशाला निर्माण जस्ता कामसमेत गर्न लागेको जनाइएको छ ।

दुई वर्षे आयोजनाको कुल बजेट रु पाँच करोड ४३ लाख रहेकोमा रु एक करोड ५७ लाख आयोजनाबाट अनुदान स्वरुप प्राप्त भएको बताइएको छ । बाँकी बजेट रकम कम्पनी स्वयम्ले व्यहोर्ने बताइएको छ । परियोजना लागू भएपछि कम्पनीले कृषक समूह, सहकारी संस्था र व्यक्तिगत कृषकलाईसमेत विभिन्न बालीको बीउ खेती उत्पादन, प्रशोधन, भण्डारनलगायतका विषयमा तालिम दिने लक्ष्य पनि राखेको छ । “उन्नत् बीउको आयात प्रतिस्थापन गरी निर्यात प्रबद्र्धन गर्नु कम्पनीको मुख्य लक्ष्य रहेको छ” ढकालले भने,—“कृषकको माग अनुसार बढी उत्पादन दिने हाईब्रिड बीउको उत्पादन गर्ने लक्ष्य कम्पनीको हो ।” कम्पनीले हालसम्म धान, गहँु, मकै र मसुरोको उन्नत् बीउ उत्पादन गरी बिक्रीवितरण गर्दै आएकोमा परियोजना लागू भएसँगै तरकारी बालीको बीउ समेतको उत्पादन र बजारीकरण गर्न लागेको छ ।
नेपालमा जनसङ्ख्या वृद्धि र जग्गाको खण्डिकरण हुँदै गएको परिपे्रक्ष्यमा कृषि उत्पादकत्व वृद्धि गर्न बिज वृद्धि कार्यक्रमको आवश्यकता टड्कारो रुपमा देखिएको कृषि प्राविधिक बताउँछन् । कृषि प्रविधिकका अनुसार स्थानीय जातको बीउ प्रयोग गर्दा हुने उत्पादकत्वको तुलनामा उन्नत् जातको बीउ प्रयोग गर्दा २० देखि २५ प्रतिशतले उत्पादकत्व वृद्धि हुने गर्दछ । सरकारले आगामी सन् २०२५ सम्ममा ‘सबैका लागि उन्नत् बीऊ’ (सिड भिजन २०२५) को लक्ष्य राखेको छ । नेपालमा हाल उन्नत् बीउको प्रतिस्थापन दर १० देखि १२ प्रतिशत मात्रै रहेकोमा ‘सिड भिजन २०२५’ सम्म प्रतिस्थापन दर २० देखि २५ प्रतिशत पुरयाउने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र ९, २०७१