शनिबार, बैशाख १५, २०८१

विषादी प्रयोग कम गर्न प्रचार

bisadiदोलखा, २ चैत्र । विषादीको जथाभावी प्रयोग बढेको भन्दै त्यसलाई कम गर्न दोलखामा प्रचार अभियान तिब्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्ला कृषि विकास कार्यालयसँगको समन्वयमा सचेतना अभियान सुरु गरेको छ । विषादीको कारोबार गर्ने व्यवसायी तथा प्रयोगकर्ताका लागी लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय परिसरमा सचेतनामुलक होर्डिङ बोर्ड राखिएको छ । विषादीको असरले मानव स्वास्थ्यमा देखिने समस्याका बारेमा किसान र उपभोक्तालाई जानकारी गराउन प्रशासन परिसरमा बोर्ड राखिएको हो ।
केहि दिन भित्र सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा समेत होर्डिङ राखिने जिल्ला कृषि विकास कार्यालय दोलखाका बाली संरक्षण अधिकृत होम बहादुर बिकले कृषि अनलाईनलाई जानकारी दिएका छन् । सचेतनामुलक बोर्ड विद्यालय तथा मानिसको बढी आवतजावत हुने स्थानमा राखिने छ । – शेरबहादुर भुजेल

प्रकाशित मिति: सोमवार, चैत्र २, २०७१