शुक्रबार, बैशाख २१, २०८१

बजार विस्तारमा मिट प्रोसेसिङ इन्डष्ट्रिज

चितवन२२, फागुन । आधुनिक प्रविधिबाट मासुको प्रशोधन र बिक्री गर्दै आएको नेपाल मिट प्रोसेसिङ इन्डष्ट्रिज प्रालिले देशका प्रमुख सहरमा बजार विस्तार गरेको छ । नेपाल मिट प्रोसेसिङ इन्डष्ट्रिजले कोल्डस्टोर निर्माण गरी मासु भण्डारण गरेर व्यवसाय विस्तार गर्न लागेको हो । बढ्दो मागसँगै बजार विस्तार गर्ने उद्देश्यले पोल्ट्री क्षेत्रका थप व्यवसायीसहित अन्य उद्योगी व्यवसायी थप गरी नयाँ व्यवस्थापनका साथ अघि बढेको प्रालिले जनाएको छ । नेपाल मिटले चितवनसहित काठमाडाँै, पोखरा, बुटवललगायतका सहरमा डिपार्टमेन्ट स्टोर र स्थानीय बिक्रेतासँग सहकार्य गरी बजार विस्तार गर्ने भएको छ ।

उद्योगका अध्यक्ष शङ्करप्रसाद कँडेलका अनुसार बजार व्यवस्थित नहुँदा मर्कामा परेका बोइलरपालक कृषकलाई लक्षित गरी शीतभण्डार निर्माण गरी स्वच्छ मासु सर्वसुलभ ढङ्गबाट बिक्री गर्ने प्रबन्ध मिलाइने छ ।नेपालमा नै पहिलोपटक कुखुरा प्रशोधन गर्ने उपकरण नेपाल मिटले भित्र्याएको बताउँदै अध्यक्ष कँडेलले जिउँदो कुखुरालाई डाक्टरले जाँच गरी आधुनिक प्रविधिबाट ‘बध’ गरेर मासुको उत्पादन गरिँदै आएको बताए । उद्योगमा आजमात्रै कार्यभार सम्हालेका भएका प्रबन्ध निर्देशक दीर्घमान श्रेष्ठले जिउँदो कुखुरालाई सफा गरिसकेपछि पन्ध्र तरिकाका मासु उत्पादन गरेर बिक्री वितरण गर्दै आएको जानकारी दिए ।देशका प्रमुख सहरमा मासु पु¥याउनका लागि उत्पादन बढाउनु पर्ने भएकाले उद्योगले चल्ला र दाना कृषकलाई दिएर मासुको उत्पादन बढाउने उनको भनाइ थियो ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २२, २०७१