शुक्रबार, बैशाख १४, २०८१

चिनी उद्योगीहरुलाई कार्वाही गर्ने चेतावनी

hariकाठमाडौं, फागुन २१ ।  कृषि मन्त्री हरीप्रसाद  पराजुलीले चिनी उद्योगीहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री हरिप्रसाद पराजुलीले नेपालमा चिनी उत्पादनको तथ्यांकमा उद्योगीले ढाँटेर ठग्ने गरेकाले कारबाहीको आधार सार्वजनिक गर्ने  समेत उनको ।
व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समितिको बैठकमा बोल्दै मन्त्री पराजुलीले एक क्विन्टल उखुबाट साढे १० किलो चिनी उत्पादन हुने भए पनि उद्योगीहरूले ९ किलो भनेर ढाँटेको र सोही आधारमा उखुको मूल्य निर्धारण गरिने भएकाले यसको अनुसन्धान भइरहेको बताए । ‘नेपालमा लगाइएका उखुका जातबाट साढे १० किलोभन्दा कम चिनी उत्पादन हुँदै हुँदैन। तर, उद्योगीले समस्या देखाउनका लागि जम्मा ९ किलो भनेर ढाँटिरहेका छन्।’ उनले भने – ‘यसलाई वैज्ञानिक रूपमा प्रमाणित गरेर यही समितिमा सार्वजनिक गर्छु।’ त्यसपछि यसरी ढाँट्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको  भनाइ छ।
मन्त्री पराजुलीले उखु र चिनीसम्बन्धी हरेक वर्ष देखिन समस्याको दीर्घकालीन समाधानका लागि उखु र चिनी मिल सञ्चालनसम्बन्धी नयाँ नीति बनाउनुपर्नेसमेतबताए । उहाँले अब उखुको उत्पादन लागत घटाएर ३ सय ४६ पु¥याउने गरी तयारी गरेको समेत उनको। ‘उद्योगीले भनेजस्तो ४ सय ११ होइन ३ सय ४६ रुपियाँ प्रतिक्विन्टलमा ल्याउनु पर्छ’ उनले भने– ‘यसको आधारमा हामी तुरुन्तै सार्वजनिक गर्छौ।’ मन्त्री पराजुलीले आगामी वर्ष उखु र अलैचीको अनुसन्धान गर्ने गरी कार्यक्रम अगाडि बढाइएको समेत बताए ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २१, २०७१