बुधबार, बैशाख २६, २०८१

“हिमालयन ब्रान्ड” का कृषि वस्तु निर्यात गर्न सुझाव

काठमाडौं, १ फागुन । दक्षिण एसियाका लागि विश्व बैंकका प्राक्टिस म्यानेजर मार्टिन भान न्युकुपले नेपालको भौगोलिक बनोटले प्रदान गरेको प्राकृतिक विविधतालाई अवसरका रुपमा लिई “हिमालयन ब्रान्ड” का कुनै पनि कृषि उत्पादन गरी निर्यात गरे अन्तराष्ट्रिय बजारमा ती वस्तुहरु फास्ट सेलिङमा जाने बताउनुभएको छ । आफ्नो कार्यकालको सुरुमा पहिलो पटक नेपाल आएका न्युकुपरले कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालसहितको प्रमण्डलसँंगको भेटवार्तामा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले कृषि पर्यटनलाई समेत नेपालले बढाउन सक्ने बताए । उनले पश्चिमी मुलुकहरुमा नेपाली उत्पादनलाई खोजीखोजी किन्ने गरिए पनि नेपाली उत्पादन भने पाउन कठिन भएको बताएका छन् । उनले नेपाल विश्वबै बेग्लै किसिमको भौगोलिक विविधता भएको एक मात्र मुलुक भएका यसका उत्पादनले अन्तराष्ट्रिय बजारका
भेटवार्ताका क्रममा दुवै म्यानेजरले नेपालमा विश्व बैंकको आर्थिक सहयोगमा कृषि विकास मन्त्रालयअन्तर्गत सञ्तनलित आयोजनाहरुले प्राप्त गरेको सफलताप्राति खुशी व्यक्त गरेका थिए । मन्त्रालयका तर्फबाट सचिव खनालसहित सहसचिवहरु डा. राजेन्द्र अधिकारी तथा योगेन्द्रकुमार कार्कील आफ्ना मन्तव्य तथा सुझाव राखेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १, २०७१