आइतवार, जेष्ठ ६, २०८१

सुन्तलाका बोट सुकेपछि खाद्यवालीतिर

सल्यान, २९ माघ । १२ वर्षअघि शारदा नगरपालिका–३ सिरुवारका बुद्धिराज बिष्टले खाद्यबाली लगाउन छाडी १२ रोपनी जग्गामा २०० भन्दा बढी सुन्तला लगाए।
उनले वार्षिक रु दुई लाखका दरले तीन वर्षसम्म राम्रो आम्दानी पनि गरे । सुन्तलाकै आम्दानीबाट घरजग्गासमेत जोडे । तर अहिले रोगले सबै सुन्तला सुकेर वारी रित्तो भएको छ । बिष्टले बारीमा लगाइएका सबै बोट मर्न थालेपछि दाउराका रूपमा प्रयोग गरिरहेका छन् । उनी मात्र नभई सिरुवारका ५० परिवारले करिब २०० रोपनीमा लगाएको सुन्तलाका रुख सिट्रस डिक्लाइन रोगका कारण सुकिसकेका छन् ।
सुन्तलाबाट किसानले एक वर्षमा रु ६० लाखसम्म भित्र्याउन सफल भएका थिए । उनीहरूले यसलाई नै रोजगारीको मुख्य माध्यम बनाएका थिए । तर रोगले सबै रुख सुकेपछि अहिले समस्यामा परेका छन् । उनीहरू बोट काटेर फाल्दैछन् ।
“एक वर्षमा सुन्तलाबाट रु दुई लाखसम्म आम्दानी हुन्थ्यो, रुस्ख सुकेपछि पाँच÷छ वर्षयता आम्दानी शून्य छ” स्थानिय बुद्धिराज विष्टले भने–“परिवार पाल्न हम्मेहम्मे परेको छ । सुन्तला सुकेपछि पुनः खाद्यवाली लगाउन बाध्य भएका छौँ ।”

प्रकाशित मिति: बिहिबार, माघ २९, २०७१