शुक्रबार, बैशाख १४, २०८१

कुखुरा व्यवसायी मञ्चमा शंकर कंडेल

चितवन, १ फागुन । नेपाल कुखुरा व्यवसायी मञ्चको पाँचौँ अधिवेशनले शंकर कंडेलको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा डा होमबहादुर बस्नेत, द्वितीय उपाध्यक्षमा ऋषिराम पौडेल, महासचिवमा डा रेवन्तकुमार भट्टराई, सचिवमा राजेन्द्र लामिछाने र कोषाध्यक्षमा हरि लोहनी निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरूमा शिवराम केसी, भुवनलाल जोशी, तेजनारायण पाण्डे, दुर्गाप्रसाद भण्डारी, रामलाल भुसाल, रघुनाथ भट्ट, अर्जुनकुमार अर्याल, राजु पौडेल, विनोद पोखरेल, वीरबहादुर तामाङ र चन्द्रमान श्रेष्ठ रहहेका छन् । पशुसेवा विभागका महानिर्देशक डा केशवप्रसाद प्रेमीले अधिवेशनको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १, २०७१