शुक्रबार, बैशाख २८, २०८१

थारा भैँसीलाई १९ लाख अनुदान

काभ्रे, २६ माघ । गाई पालनका लागि अनुदान दिएका समाचारहरु बाहिर आईरहेका बेला जिल्ला पशु सेवा कार्यालय काभे्र थारा भैसी संरक्षणमा जुटेको छ । जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकले थारा भैँसी संरक्षणका लागि कृषकलाई रु १९ लाख अनुदान प्रदान गरेर आफूलाई फरक ढंगले प्रस्तुत गरेको छ ।

उत्पादनशील थारा भैँसी सङ्कलन गर्ने र त्यसलाई दुहुना बनाएर बिक्री गर्नका लागि सो रकम कृषकलाई प्रदान गर्न लागिएको जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकका पशु चिकित्सक मणिप्रसाद सापकोटाले बताए । उनले अनुदान स्वरुप रु सात लाख प्रदान गरिएको र रु १२ लाख जिल्लाको ढुङ्खर्क गाविसमा रहेको थानी महाकाल नमुना पशुपालन फार्मलाई केही समय पछाडि प्रदान गर्ने बताए ।
केन्द्रीय गाईभैँसी प्रवद्र्धन कार्यक्रम र जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा रु ५० लाखको लागतमा २०७० साल चैतमा स्थापना भएको उत्पादनशील थारा भैँसी संरक्षणका लागि थानी महाकाल नमुना पशुपालनन फार्र्ममा थारा र दुहुना गरी करिब ३० वटा भँैसी छन् । सो फार्ममा त्यस्ता भँैसीको सङ्ख्या ५० पु¥याउने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति: सोमवार, माघ २६, २०७१