मङ्लबार, बैशाख २५, २०८१

सुख्खाग्रस्त गाविसमा कफिको बेर्ना

cofeeपाँचथर, २२  माघ – पानीको अभावले बसाई जाने घरपरिवारको ताति लागिरहेको अवस्थामा केही गरेर देखाउनुपर्छ सोच राखेका रानीगाँउका दुई युवाले अग्रानिक पद्धतिबाट नेपालकै सबैभन्दा धेरै कफिको बेर्ना उमारेका छन् । स्थानीय विमल धमला (निरप्रसाद) र पुन्यप्रसाद चौलागाईले  जिल्लाको सुख्खाग्रस्त गाविस रानीगाँउ ३ मा अर्गानीक पद्धतिबाट ९ लाख कफिको विरुवा उमारेका हुन् ।
उनीहरुले उत्तम अर्गानीक कफि तथा फलफुल उत्पादन केन्द्रको निर्माण गरि ३० रोपनी जमिनमा  अर्बिका जातको कफिको विरुवा अर्गानीक पद्धतिबाट उमारेका हुन् । अग्रानिक पद्धतिबाट एकै स्थानमा नेपालकै सबैभन्दा धेरै कफिको विरुवा उमारिएको उनीहरुको दावी छ ।
उक्त विरुवा राख्न र हुकाएउन गरि एक करोड १० लाखको लगानीमा भएको उनीहरुको  भनाई छ । “धेरै मेहनताका साथ नौ लाख बेर्ना उमारेका छौँ ,”धमलाले भने  “यसले गर्दा यहाँका युवाले रोजगार पाएका छन् ।” सुरुका दिनमा एक सय ५० जना स्थानीय युवालाई कफिको वेर्ना राख्न र त्यसको रेखदेखका लागि खटाईएको थियो । अहिले ५० जना युवा वेर्नाको रेखदेखमा खटिएका छन् । उनीहरुलाई दैनिक छ सय रुपैँयाको दरले पारिश्रमिक उपलब्ध गराईएको चौलागाइले बताए ।
“पुर्ण अर्गानिक पद्धतिबाट विरुवा उमारेका छौँ ।,” धमलाले भने “अहिले विरुवा रोप्न उपयुक्त भएका छन् ।” कफि प्राविधिक हरी दाहालका अनुसार एक बर्षदेखि १८ महिनासम्मका कफिका विरुवा रोप्न उपयुक्त हुने भनिएपनि सामान्यतया पाँच महिना नाघेका कफिका विरुवा रोप्न सकिन्छ । “रानीगाँउमा पहिलो प्रयोगको रुपमा पाँच महिनाका विरुवा रोपियो,” प्राविधिक दाहाले बताए “यो पहिलो प्रयोग सफल भएको छ, विरुवाहरु राम्ररी हुर्किएका छन् ।” पहिलोचोटि आफ्नो पाँच रोपनी जमिनमा पाँच महिनाका पाँच सय विरुवा लगाईएको र राम्ररी सफ्रिएको स्थानीय पुन्यप्रसाद चौलागाँईले बताए ।
यहाँ उमारिएका कफिका विरुवा अर्बिका ललितपुर ग्रिन जातका हुन् । यस्तो जातको कफि पाँच सय मिटरदेखि १८ सय मिटर उचाईसम्म रोप्न सकिने भनिएपनि १५ सय मिटरको उचाईसम्म कफि राम्ररी फष्टाउने प्राविधिकहरु बताउँछन् । मलिलो जमिन र रुख बिरुवाको छहारी भएको स्थानमा दुई मिटर ५० सेन्टिमिटरको दुरीमा कफि रोप्नुपर्ने प्राविधिक हरि दाहालको भनाइ छ । यसरी रोप्दा यहाँ उमारिएका नौ लाख विरुवाले १० हजार रोपनी जमिन ढाक्ने अनुमान गरिएको छ ।
प्राविधिक दाहालका अनुसार कफि पाँच सय प्रकारका हुन्छन् । त्यसलाई मुख्य गरि ३२ जातमा विभाजन गरिएको छ । जसमध्ये नेपालमा  अर्बिका जातको बोर्बन र टिपिका कफिको खेती गर्न उपयुक्त मानिन्छ ।

प्रकाशित मिति: बिहिबार, माघ २२, २०७१