बुधबार, बैशाख २६, २०८१

चार हजार पशुको उपचार

सप्तरी, २१ माघ । जिल्ला पशुसेवा कार्यालय सप्तरीद्वारा लौनियाँ गाविसमा सञ्चालित पशु स्वास्थ्य तथा बाँझोपन निवारणसम्बन्धी एकदिने शिविरमा करिब चार हजार पशुको उपचार गरिएको छ ।

सो कार्यालयका प्रमुख काशीनाथ यादवका अनुसार ९०० खसी÷बाख्रा, ८५० गाई÷गोरु तथा ४०० भैँसीलाई खोरेत रोगविरुद्घको खोप दिनुका साथैै ७५ वटा गाई, भैँसीमा रहेको बाँझोपनको उपचार गरिएको छ । यसैगरी ८५० पशु चौपायालाई अन्य रोगको उपचार तथा ५८५ पशु चौपायालाई परजीवी नियन्त्रणका लागिसमेत औषधि दिइएको डा यादवले जानकारी दिए । शिविरमा ७१ वटा गोरुको बन्ध्याकरणसमेत गरिएको थियो

प्रकाशित मिति: बुधबार, माघ २१, २०७१