मङ्लबार, बैशाख २५, २०८१

चमैतामा सिँचाइ आयोजना सुरु

इलाम, २१ माघ । सिँचाइ सुविधाबाट वञ्चित चमैताका किसानलाई सुविधा पु¥याउने उद्देश्यले देउमाई खोलाबाट बृहत् सिँचाइ आयोजना सुरु भएको छ ।

चमैता ३, ४, ५ र ६ का करिब एक हजारभन्दा बढी किसानलाई लक्षित गरेर मुदाले–देउमाई–कोप्ची सीमखोला सिँचाइ आयोजना सुरु भएको हो । सिँचाइ डिभिजन कार्यालय झापाको रु तीन करोड ९७ लाखको लागतमा पक्की कुलो निर्माण थालिएको उपभोक्ता समितिका सचिव अर्जुन बस्नेतले बताए ।
करिब छ किलोमिटर लामो कुलो हुने यस आयोजनाले करिब दुई हजार ४०० रोपनी खेतीयोग्य जमिन सिञ्चित हुने उपभोक्ता समितिले जनाएको छ ।
आयोजना डिभिजन कार्यालयका प्रमुखलगायतको टोलीले अनुगमन समेत गरेको छ ।
सिँचाइ सुविधा नपुग्दा यहाँको खेतीयोग्य जमिन बाँझै रहेका थिए । किसानले आकाशे पानीको भरमा खेती गर्दै आएका थिए ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०७१