मङ्लबार, बैशाख २५, २०८१

वैज्ञानिक प्रविधिबाट व्यावसायिक तरकारीखेती

नेपालगन्ज, २० माघ । बाँके जिल्ला खजुराखुर्द गाविस वडा नं १ जुगनभरिया गाउँका अधिकांश कृषक अहिले व्यावसायिक तरकारीखेतीतर्फ हौसिएका छन् ।

वैज्ञानिक प्रविधिबाट व्यावसायिक तरकारीखेतीका लागि जिल्ला कृषि विकास कार्यालयले आवश्यक सहयोग उपलब्ध गराएपछि उनीहरू त्यसतर्फ आकर्षित भएका हुन् ।
विगतका वर्षमा परम्परागत तरकारीखेती गर्दै आएका सो गाउँका कृषक वैज्ञानिक प्रविधिबाट तरकारीखेती गर्दा तीन गुणा बढी आम्दानी हुने कुरामा ढुक्क देखिन्छन् ।
मौसमी र बेमौसमी तरकारीखेतीतर्फ अग्रसर भएका कृषकलाई जिल्ला कृषि विकास कार्यालयले आवश्यक तालिम तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएका छन् ।
व्यावसायिक तरकारीखेतीका लागि अग्रसर भएका सो गाउँका कृषकले गाउँलाई नै स्वच्छ र सफा राख्नसमेत सहयोग पु¥याएका छन् ।

प्रकाशित मिति: मङ्लबार, माघ २०, २०७१