मङ्लबार, बैशाख २५, २०८१

मत्स्य समाज नेपालमा मिश्र

काठमाडौं, १९ माघ । नेपाल मत्स्य समाजको काठमाडौं आयोजित साधारण सभाले माछा विज्ञ रमानन्द मिश्रको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
तीनवर्षे कार्यकाल रहने सो समाजमा उपाध्यक्षमा सुरेश कुमार वाग्ले, महासचिवमा युगलकिशोर तिवारी, सचिवमा प्रवेश कुवर, कोषाध्यक्षमा सुमित्रा लौडारी र सदस्यहरुमा डा. नारायण पण्डित, दिलीप कुमार झा, अर्चना प्रसाद, अग्नि नेपाल पूर्ण ढुंगाना र अभिलाषा झा निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति: सोमवार, माघ १९, २०७१