बुधबार, बैशाख २६, २०८१

सस्तोमा उखु बेच्न बाध्य

काठमाडाँै, १८ माघ । गत बर्ष भन्दा यस बर्ष उखुको उत्पादनमा बृद्धि भएपछि खुसी भएका बाराका किसानहरु उखुको उचित मुल्य निर्धारण नहुँदा निराश भएका छन् । मुल्य निर्धारण नहुँदा किसानहरु चिनी मिललाई उधारोमा बिक्री गर्न समेत बाध्य भएका हुन् । प्रमुख नगदे बालीको रुपमा खेती गरेका किसानले मूल्य निर्धारण नहुदै मिलमा सस्तो र उधारोमा बेच्नु पर्दा निकै समस्या झेल्नु परेको किसानहरु बताउँछन् । उखु बिक्री गर्ने समय बित्दै गएको हुनाले तथा उखु खेतीमा सुक्ने अबस्था आएका कारण किसानले ऋण काढेर भएपनि ज्यालादारीमा मजदुर खटाई उखु काटिरहेका छन् ।

प्रकाशित मिति: आइतवार, माघ १८, २०७१