शनिबार, बैशाख २२, २०८१

आठ लाखको लगानीमा च्याउखेती

वीरगन्ज , १४ माघ । जिल्ला कृषि विकास कार्यालय पर्साले च्याउखेतीलाई प्रोत्साहन गर्नका लागि अनुदान रकम प्रदान गर्ने भएको छ ।

जिल्लाका विभिन्न ग्रामीण भेगका च्याउखेती गरिरहेका महिला तथा युवा कृषकलाई लक्षित गरी अनुृदानस्वरुप रकम प्रदानको तयारीमा कार्यालय जुटेको हो । जिल्ला कृषि विकास समितिको निर्णयअनुसार सरकारी नीतिअनुसार पर्साका २० जना कृषकलाई अनुदानस्वरुप च्याउखेतीका लागि रकम प्रदान गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ ।
कृषकलाई आत्मनिर्भर बनाउनका लागि र च्याउखेतीलाई जिल्लामा प्रोत्साहन गर्नका लागि अनुदानस्वरुप रकम प्रदान गर्न लागिएको हो विशेषगरी प्रति कृषक रु ४० हजारका दरले २० जना कृषकलाई गरी जम्मा आठलाख रुपैयाँ च्याउखेतीमा अनुदान दिन लागिएको कार्यालयले जनाएको छ।
पर्सामा कन्या प्रजातीको च्याउको मात्रैखेती हुने भएकाले कृषकले हाल प्रतिकिलो रु २०० मा कन्या प्रजातिको च्याउ बिक्री गर्दैआइरहेका छन् । पर्सा सदरमुकाम वीरगन्जसहित जिल्लाको अधिकांश गाविसमा च्याउखेती गर्ने कृषक रहेको जिल्ला कृषि विकास कार्यालय पर्साको च्याउ फाँटको अभिलेखालयमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०७१