बिहिबार, बैशाख १३, २०८१

प्राङगारिक कृषि मेला पोखरामा

पोखरा, १५ माघ । बढ्दै गईरहेको प्रांगरिक खेतीलाई बढावा दिने गरी  पोखरामा आजदेखि  राष्ट्रिय प्राङगारिक कृषि मेला प्रर्दशनी २०७१ हुने  भएकोे छ  ।
क्षेत्रीय कृषि निर्देशानलय पोखरा र कृषि ब्यवसाय प्रवद्धन कार्यक्रम हरिहर भवन ललितपुरको संयुक्त आयोजना हुने सो  राष्ट्रिय प्राङगारिक कृषि मेलाको  कृषि मन्त्रि हरिप्रसाद पराजुलीले पोखराको प्रर्दशनी केन्द्र नयाँ बजारमा दिउँसो २ बजे उद्घाटन गर्ने क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक लेखनात आचार्यले कृषि अनलाईनलाई बताएका छन् ।
आज १५ गतेदेखि १८ गतेसम्म चल्ने मेलामा झण्डै एक लाख दर्शकले अबलोकन गर्ने अपेक्षा छ ।  मेलामा निशुल्क प्रवेश, निःशुल्क स्टल, प्राङगारिक कृषि गीत सम्बन्धि प्रतियोगितालगायत पनि हुने क्षेत्रीय कृषि निर्देशनालले जनाएको छ । ।
आज  बिहान ११ बजे पछि  क्षेत्रीय कृषि निर्देशनालयको प्राङगणबाट शुरु हुने  नौमती बाजा सहित विभिन्न कृषि झाकीले पोखराको चिप्लेढुङा महेन्द्रपुल, नयाँबजार हुदै मेला स्थल प्रर्दशनी केन्द्र नयाँ बजारमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुने तयारी छ ।

प्रकाशित मिति: बिहिबार, माघ १५, २०७१