सोमवार, बैशाख ३१, २०८१

बीमा रकम हस्तान्तरण

मन्थली,९ माघ । जिल्ला पशुविकास कार्यलय रामेछापले पहिलो पटक कृषि विमाको रकम हस्तान्तरण गरेको छ । नेपाल सरकारले व्यवसायिक रुपमा पशुविमा गरेकोले कृषकहरुका लागि नीतिगत रुपमा कार्य आरम्भ गरेअनुसार पशु विमा गरेको पशुहरु मध्ये आकस्मिक रुपमा गाई मरेका कारण जिल्ला पशु कार्यालयले मन्थली नगरपालिका १ को ओमगाई फारमका प्रोप्राइटर बाबुराम खड्कालाई ४५ हजार रुपैयाको पशु विमा बापतको चेक हस्तान्तरण गरेको छ ।
रामेछापका कृषकहरुले हालसम्म ७९ वटा गाई भैसीहरुको विमा गरी सकेको र त्यस तर्फ कृषकहरु आकर्षित हुदै गएको सो अवसरमा सहभागि कृषक बाबुराम खड्काले बताए । रामेछापको सम्पूर्ण गा.वि.समा समेत विस्तार गर्नको लागि कार्यालयले अभियानको थालनी गर्ने पवि थापाले जानकारी दिए । कृषकले हरेक वर्ष प्रति पशु ६सय देखि ८सय रुपैया सम्म विमा बापतको रकम बुझाउनु पर्ने व्यवस्था सरकारले गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७१