शनिबार, बैशाख १५, २०८१

माघ १ देखि काठमाडौंमा पोर्क महोत्सव

pigकाठमाडौं, २७ पुस । विगतमा जनजातीबर्गहरुको जिविकोपार्जनको हिस्सा जस्तै रहेको बंगुरपालनले यतिखेर व्यवसायिकता नै हासिल गरेको छ । पछिल्लो समयमा बंगुरपालनमा युवाहरुको आकर्षित बढ्दै गएको मात्र होइन बंगुरको मासुको माग पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । त्यसैले त बंगुरपालन जनजाती वा तल्लो जातीले गर्ने भन्ने पुरानो परम्परालाई लत्याउँदै सवैजात जातीले बंगुर पालनलाई व्यवसायका रुपमा स्थापित गरिसकेका छन् ।
बंगुरपालनले व्यवसायिक रुप लिईसकेको भएपनि पुरानै सोचमा परिवर्तन आउन नसकेका कारण बंगुरको जसरी खपत हुनु पर्ने हो त्यो हुन नसकेको बंगुरका क्षेत्रमा काम गर्ने विज्ञहरुले बताउँदै आएका छन् । नेपालका ग्रामीण तथा शहरी बजारमा बंगुरको मासु तथा यसका परिकारको मागमा उल्लेखनीय बृद्धि भएको भन्दै कृषि विकास
मन्त्रालयको सहयोगमा बंगुर व्यवसायी संघको आयोजनामा आउँदो माघ १ गतेदेखि ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पहिलो पोर्क महोत्सव सञ्चालन हुन गईरहेको छ । सो महोत्सवले बंगुरपालन क्षेत्र तथा बंगुरजन्य व्यवसायको प्रवद्र्धन तथा विकासमा टेवा पुग्ने आयोजकले बताएको छ ।

प्रकाशित मिति: आइतवार, पुस २७, २०७१