बुधबार, बैशाख १२, २०८१

कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई निर्देशन

पोखरिया (पर्सा), २६ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले कृषि क्षेत्रमा लगानी गर्न वाणिज्य बैंकलाई निर्देशन दिएका छन् । कृषिको व्यावसायिकरणका लागि सरकारले सहुलियत ऋण दिने व्यवस्था गरेको बताउँदै खतिवडाले त्यस्तो निर्देशन दिएको होे । वीरगन्ज उद्योग वाणिज्य सङ्घको ३९औँ साधारणसभाको आज उद्घाटन गर्दै उनले कृषिमा लगानी नगरे बैंकलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिए । कृषि क्षेत्रको विकासका लागि भूमि करार ऐनलगायत धैरै ऐन ल्याउन जरुरी देखिएको खतिवडाको भनाइ थियो । राष्ट्र बैंकले ग्राहकको हित संरक्षण गर्न निर्देशिका जारी गरेको भन्दै उहाँले बैंक पनि पारदर्शी बन्ने र अदृश्य सेवा शुल्कको मारमा ग्राहक नपर्ने दाबी गरे । बैंक तथा वित्तीय संस्थाले एउटै ग्राहक एउटै क्षेत्र र एकैखाले व्यवसायभन्दा  विविधता खोजेर अगाडि बढनुपर्नेमा जोड दिए । बैंकको ग्राहक बलियो नभए बैंक बलियो नहुने भन्दै यसमा सचेत हुन सबै बैंकरसँग गभर्नर खतिवडाले आग्रह गरेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०७१