शुक्रबार, बैशाख १४, २०८१

४० युवाले पाए च्याउमा अनुदान

बर्दिया, १७ पुस । जिल्ला जिल्लामा युवा लक्षित कृषि कार्यक्रम सञ्चालनमा आईरहेको छ । सरकारको युवा लक्षित कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालय बर्दियामार्फत पनि ४० जना युवाले च्याउखेतीका लागि अनुदान पाएका छन् । अनुदानका लागि ११२ बेरोजगार युवाले आवेदन दिए पनि निश्चित मापदण्ड पूरा गरेका युवाले जनही रु ४० हजारका दरले अनुदान पाएका हुन् । अनुदान पाएका युवालाई च्याउ उत्पादन विधि र जानकारी, च्याउको लागत विश्लेषण र बजारीकरण तथा बीमासम्बन्धी तीनदिने निःशुल्क व्यावसायिक च्याउ उत्पादन तालिम दिएको जिल्ला कृषि विकास कार्यालय बर्दियाका प्रमुख हिक्मतकुमार श्रेष्ठले कृषि अनलाईनलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति: बिहिबार, पुस १७, २०७१