सोमवार, बैशाख २४, २०८१

प्युठानमा पनि माटो परिक्षण

प्युठान, २ पुस । जिल्ला कृषि विकास कार्यालय प्युठानले जिल्लाका ४४१ स्थानको माटो परीक्षण सुरु गरेको छ ।
जिल्लामा व्यावसायिक र उन्नत जातका कृषि उपजहरू उत्पादन गर्न माटोको परीक्षण गर्न लागिएको कार्यालयले जनाएको छ ।
माटो विकास निर्देशनालय, काठमाडौँ र क्षेत्रीय माटो नमूना परीक्षण केन्द्र बाँके खजुराको सहयोगमा जिल्लामा पहिलो पटक माटो परीक्षण सुरु गरिएको बताइएको छ ।
जिल्लामा कृषकले आफैं माटो परीक्षण गर्न खोजेकामा कार्यालयले सहयोग मात्र गरेको थियोले जनाएको छ । जिल्लाको सबै ठाउँको माटो परीक्षण गर्न लागिएको यो पहिलो पटक हो । माटो परीक्षणपछि जिल्लामा व्यावसायिकखेती गर्न सहयोग मिल्ने छ । कार्यालयका अनुसार कुन ठाउँमा के फलाउँदा राम्रो उत्पादन दिन्छ भन्नेबारे पनि परीक्षण हुने कृषि कार्यालयले बताएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २, २०७१