बिहिबार, बैशाख १३, २०८१

सुन्तला बिक्रीबाट २० लाख आम्दानी

म्याग्दी, ३ पुस । म्याग्दीको बेनी नगरपालिका–१३ बास्कुनाका किसानले यो वर्ष रु २० लाख बढीको सुन्तला निर्यात गरेका छन् ।

अन्नबालीको विकल्पमा व्यावसायिक सुन्तलाखेती विस्तार गरेका स्थानीय कृषकले उत्पादन गरेको सुन्तला काठमाडाँै निर्यात भएको हो ।
काठमाडाँको कालीमाटीस्थित मण्डी सञ्चालक भरत खनालसँगको सहकार्यमा गाउँभरी उत्पादन भएको २८ टन सुन्तला निर्यात गरिएको बास्कुना सुन्तला उत्पादक कृषक समूहका अध्यक्ष भीम थापाले बताए ।
“काठमाडाँैमा करिब रु १८ लाख र गाउँमै डोकोबाट दुई लाख बराबरको सुन्तला निर्यात भएको छ ”–अध्यक्ष थापाले भने ।
बास्कुनामा अहिले सात हजार ५०० वटा सुन्तलाका बोट विस्तार गरिएको छ । गत वर्ष रु १७ लाख बराबरको सुन्तला निर्यात भएकोमा यो वर्ष सुन्तलाको मूल्य बढेपछि कृषकले बढी मुनाफा गर्न सफल भएका हुन् ।

प्रकाशित मिति: बिहिबार, पुस ३, २०७१