आइतवार, बैशाख २३, २०८१

पुस १५ भित्र उखु किसानले भुक्तानी पाउने

महोत्तरी, ८ मंसिर । चिनी मिलल उखुको भुक्तानी लामो सयमसम्म नगरेपछि आन्दोलनमा उत्रिएका किसानहरुमो माग सम्वोधन हुने भएको छ । महोत्तरीको रामनगरमा रहेको एभरेष्ट चिनी मिलले गत वर्ष बाँकी रहेको सम्पूर्ण रकम पुस १५ गतेभित्र भुक्तानी गर्ने भएको हो ।
चिनी मिलको गेटमा शुक्रबारदेखि धर्नामा बस्दै आएका किसानसँग चिनी मिलको प्रधान कार्यालय जनकपुरमा भएको वार्तामा प्रतिक्विन्टल रु ७६ का दरले बाँकी रहेको रकम किसानको खातामा पठाउने सहमति भएको हो ।
उखु उत्पादक किसान सङ्घ महोत्तरी, एभरेष्ट चिनी मिल र पीडित किसानबीच पुस १५ भित्र किसानको बाँकी रहेको सम्पूर्ण रकम बैंकको खातामा पठाउने सहमति भएको एभरेस्ट चिनी मिलका महाप्रबन्धक कृष्णचन्द दासले बताए ।
किसानले रकम भुक्तानीको माग गरेर आन्दोलन गर्दै आएका थिए । उनीहरूको आन्दोलनपछि चिनी मिल बाँकी रकम दिन तयार भएको हो ।

प्रकाशित मिति: सोमवार, मंसिर ८, २०७१