शुक्रबार, बैशाख १४, २०८१

चिनीमिल बाँदरको आश्रय स्थल

 

महोत्तरी, २५ कात्तिक । महोत्तरीको रामनगरमा अवस्थित एभरेस्ट चिनीमिल हजारौँ बाँदरको आश्रय स्थल बनेको छ ।
मिल परिसरमा रहेका ठूल्ठूला रुखमा हजाराँैको सङ्ख्यामा बाँदर वर्षभरि नै बसोवास गरेपछि चिनीमिल बाँदरहरुको आश्रय स्थलका रुपमा परिवर्तन भएको हो ।
प्रत्येक वर्ष उखु पेल्ने मौसममा उखु खाएर एवम् मिलका मेसिनहरुमा लागेको गुलियो पदार्थ चाटेर ती बाँदर बाँच्ने गर्दछन् । राति परिसरभित्र रहेका ठूल्ठूला रुखमा बस्ने गरेका छन् ।
मिलभित्र हजाराँैको सङ्ख्यामा बसोवास गर्ने ती बाँदर नजिकै गाउँमा रहेको खेतमा गई बालीनाली खाइदिने, उखेल्नेजस्ता कार्य गर्दा आफूहरुलाई बर्सेनि लाखौैँको नोक्सान हुने गरेको स्थानीय किसान दशरथ महतोले बताए ।
एक्लै वा हूल बाँधेर बाँदर धपाउन जाँदा दर्जनौँको सङ्ख्यामा खेतमा आएका बाँदरले आफूहरुमाथि नै आक्रमण गर्ने गरेको स्थानीयवासी गणेश थापाको भनाई छ । बाँदरलाई खेदेर पठाउन आफूहरुले चिनीमिल प्रशासनसामु बारम्बार लिखित र मौखिक आग्रह गरेको भएपनि मिल पक्षले कुनै सुनुवाइ नगरेको स्थानियवासीको गुनासो छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २५, २०७१