बुधबार, बैशाख १२, २०८१

बाजुरामा खेती सकियो, मल र बिऊ अझै पुगेन

seed and ferit
बाजुर, २५ कार्तिक । बाजुरा जिल्लामा बसोबास गर्ने किसानहरुको गहुँ छर्ने सिजन सकिन लागेको छ । अधिकांश खेतमा गहुँ छर्ने काम किसानहरुले सकिसकेका छन् । मंसिरबाट लेकाली भेगमा हिमपात हुने र गहुँ, जौऊ लगायतका हिँउदे बाली राम्रो नहुने भन्दै उनीहरुले कात्र्तिक मसान्त भित्रै लगाउनु पर्ने जति सम्पूर्ण खेतीकिसानी कार्य सम्पन्न गर्ने गर्दछन् ।
विडम्बना सिजन सकिँन लाग्दा पनि जिल्ला कृषि विकास कार्यालय बाजुराले हरेक वर्ष वितरण गर्दै आएको अनुदानको मल र बिउ ल्याएको छैन् । जसका कारण किसानहरु परम्पारागत कृषि पेशा र उहि पुरानो विउ र विना मल प्रयोग गरेर खेती गर्न बाध्य छन् । व्यवसायीक कृषि खेतीका लागि उन्नत जातको बिऊ र आवश्यक मात्रामा समयमै मलखादको व्यवस्था गर्ने भन्दै राज्यले हरेक वर्ष अनुदानको मल र बिऊ दिने व्यवस्था गरेको छ ।
किसानलाई थाहै नहुने गरी गहुँको बिउ, कात्र्तिक दोस्रो साता आईपुगेपनि मलका लागि भने टेण्डर नै नभएको खुलासा भएको छ । खेती गर्ने समय बितिसक्दा पनि अनुदानको मल नआउँदा किसानहरुले बजारको महँगो मल किनेर प्रयोग गर्नु परेको रजालीका स्थानीय धनलाल खड्काले बताए । बजारमा किन्दा अनुदानको मल भन्दा दोब्बर रकम तिर्नु परेको खड्काको गुनासो छ । कात्र्तिक ७ गते कृषि विकास कार्यालय बाजुरामा आएँ, बिऊ पाईएन, पुरानै गहुँको बिउ छरेर दुबै खेतमा काम सम्पन्न गरिसँके खड्काले भने ।
ढिलोगरी खेतीपाती गरिने बाजुरा जिल्लाको तल्लो क्षेत्र बाह्विस, बह्मतोला कुल्देवमाण्डौ लगायतका गाविसमापनि सिँचाई असुविधाका कारण कात्र्तिक पहिलोसाता बाटै गहुँ छर्न सुरु गरिएको छ । यता कृषि विकास कार्यालय भने अख्तियारी ढिलाईको कारण समस्या भएको बताउने गरेको छ । मन्त्रालयबाट रकम निकासा समयमै नहुँदा ढिला भएको कार्यालय प्रमुख राम शरण यादवले बताए ।
अख्तियारी असोज पहिलो साता आएपनि दशंै तिहारमा कर्मचारी घर विदामा जाँदा मलका लागि टेण्डर नै खुला गर्न नसकिएको, लेखापाल शिवराज भट्टले बताए । अघिल्लो वर्ष झै अनुदानको मल विक्री केन्द्र पुगेका किसानहरुले टेण्डर नै आह्वान नगरेको सुन्दा आक्रोशित बनेका छन् । गहुँको बिउ पनि ढिलागरी आउँदा कार्यालयमै थन्कीएको छ । यो वर्षेनी समस्या हुने गरेको छ । यतिबेला अख्तियारी समस्या देखाएपनि धानबाली लगाउने सिजनमा पनि दुई महिना ढिला गरी बिउ आर्यपुगेको थियो ।
जिल्लामा ९० प्रतिशत बढी कृषि पेशा गरेरै जीवन बिताई रहेका छन् । ६० प्रतिशत बढी जमिन आकाशे पानीको भरमा खेती गर्नु पर्ने हुन्छ । चिसो बढ्ने समस्याले पनि यहाँका किसान कात्तिक भित्र गहुँ छरिसक्दछन् । त्यो कुरा थाह भएपनि अख्तियारी ढिला आउँदा समस्या भएको कार्यालय प्रमुख रामशरण यादवले बताए । अनुदानका नामको बिउ र मल हरेक वर्ष विना काममा प्रयोग हुने गरेको छ । ढिला आई पुग्दा किसानले नलिने भएपछि बँचेजति सबै बिउ र मल कृषि विकास कार्यालयका स्थानीय कर्मचारी र तीनका आफन्तले लिने गरेको एक कर्मचारीले बताए ।
किसानका लागि राज्यले नाममा मात्र अनुदान भनेको छ । काम भने भएको छैन् । मल र बिउ खरिदमा किसानलाई बजारकै मूल्य तिर्नु परेको छ । जिल्लाका ४ हजार ९ सय ५० हेक्टर जमिनमा गहुँ खेती र १ हजार ७२ हेक्टर जमिनमा जौउ बालीको खेती गर्ने गरिन्छ । आधाबढी जमिनमा प्राङ्गारिक मलको प्रयोग हुने गर्छ । आधा जमिनलाई लक्षित गरेर मात्र वर्षेनी अनुदानको मल आउने गर्दछ । तर त्यो मलपनि मल पनि निकै कम रहेको छ । कृषि विकास कार्यालय अनुसार पाँच सय मेक्टीन टन माग गरेपनि ६० मेटिक्टन मल मात्र स्वीकृत भएको बताएको छ ।
गएको वर्ष जिल्लाका लागि २ सय मेक्टीकटन मल आएको थियो । यो वर्ष गहुँको बिउ पनि १ मेक्टीक टन मात्र आएको छ । ढिला आएकोले विक्री नहुने समस्याले कर्मचारीले विभागलाई दोष देखाउँदै कमै ढुवानी गर्ने गरेका छन् । किसानको माग भन्दा कर्मचारीको चाहाना बढी हाबी हुँदै गएको छ । कर्मचारी सेवा केन्द्रमा नै नगई, कार्यालयमै दिनभर घाम तापेर बिताउने गरेको आरोप किसानहरुको छ । जिल्लालाई वर्षेनी साढे ११ हजार मेक्टीक टन खाद्यन्न अपुग हुन्छ, तर यसमा कृषिसँग सरोकार राख्ने अन्य निकायले पनि बुझेका छैनन् । – गंगराज पण्डित

प्रकाशित मिति: मङ्लबार, कार्तिक २५, २०७१