आइतवार, बैशाख २३, २०८१

अण्डाको मूल्य बढ्न थाल्यो

चितवन, २३ कात्तिक । विगत केही समययता ओरालो लागेको अण्डाको मूल्य बढ्न थालेको छ । लागत मूल्य बढ्दै जाने र उत्पादनको मूल्य घट्दै जाँदा नोक्सान व्यहोरिरहेका अण्डा उत्पादक कृषकलाई यसले राहत दिने भएको छ ।
झन्डै नौ महिना अघिसम्म रु ३२० सम्म पुगेको अण्डाको मूल्य घटेर रु २४० मा झरेको थियो । माग घटेसँगै मूल्य पनि घट्ने गर्दछ । पूर्वी नेपालको बारामा यस वर्ष सुरु हुन लागेको गढीमाई मेलाको चहलपहलसँगै अण्डाको माग बढेर गएको व्यवसायीहरू बताउँछन् ।
नेपाल अण्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेलका अनुसार अहिलेको महँगीमा प्रतिक्रेट रु ३०० लागत मूल्य पर्दछ । बजारमा हाल ठूलो अण्डा रु २८५ र सानो अण्डा रु २६५ प्रतिक्रेटमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक २३, २०७१