बिहिबार, बैशाख १३, २०८१

हिउँदे आलुमा आकर्षण

डडेल्धुरा, २३ कत्तिक । परम्परागत हिउँदे बाली तथा खेतीको विकल्पमा डडेल्धुराका किसान आलुखेती रोज्न थालेका छन् ।

परम्परागत खेतीबाट जीविका चलाउनै मुस्किल भएपछि डडेल्धुराका किसानले हिउँदे बालीका रूपमा आलुखेती रोज्न थालेका हुन् । अन्य खेतीमा जति काम गरे पनि खानै नपुग्ने समस्याबाट मुक्ति पाउन व्यावसायिक आलुखेती सुरु गरेको किसान बताउँछन् ।
नगदे बालीका रूपमा रहेको आलुखेतीप्रतिको आकर्षण बढ्दै जान थालेपछि आलुको निर्यातमा बर्सेनि वृद्धि भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
बजार र आम्दानीका हिसाबले आलुखेती राम्रो भएपछि कृषकले अन्य हिउँदे बालीको विकल्पमा व्यावसायिक रूपमा आलुखेती रोज्न थालेको कृषि कार्यालयले जनाएको छ ।
हिउँदे मौसमका लागिमात्रै ५० टन उन्नत जातका आलुको बीउ कृषकलाई वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
डडेल्धुरामा उत्पादित आलु तथा आलुको बीउ पश्चिम नेपालका विभिन्न जिल्लामा निर्यात हँुदै आएको छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक २३, २०७१