शनिबार, बैशाख १५, २०८१

धानको मूल्य निर्धारण

अत्तरिया (कैलाली), २० कार्तिक । नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले कैलालीमा धानको मूल्य निर्धारण गरेको छ ।

सो कार्यालयले दिएको जानकारीअनुसार मोटो धान प्रतिक्विन्टल रु एक हजार ८७५, मध्यम रु दुई हजार र मसिनो धान रु दुई हजार १०० कायम गरिएको छ ।
यस वर्ष गत वर्षको भन्दा धानको मूल्य बढाइएको खाद्य संस्थान सेती अञ्चल कार्यालय प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष मोटो धानको प्रतिक्विन्टल रु एक हजार ८१०, मध्यम रु एक हजार ८१५ र मसिनो धानको रु एक हजार ९०० कायम गरिएको थियो ।
खाद्य संस्थानले यस वर्ष कैलालीमा ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । गत वर्ष संस्थानले १६ हजार क्विन्टल धान खरिद गरेको थियो ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २०, २०७१