शनिबार, बैशाख २२, २०८१

असिनाले धादिङमा पनि बालीनाली नष्ट

गजुरी , १० कात्तिक । हुरी बताससँगै परेको असिना पानीले धादिङ र नुवाकोटका विभिन्न स्थानमा लगाइएको धानबाली र कोदोबाली नष्ट गराएको छ ।

भित्र्याउने बेला भएको धान तथा कोदोलगायतका बालीमा असिना पानीले क्षति पु¥याउदा किसान चिन्तित बनेका छन् ।
आईतबार परेको असिना पानीले धादिङको ज्यामरुङ, त्रिपुरेश्वर, सल्यानकोट, आगीञ्चोक, सल्यानटार, कटुञ्जेलगायत गाविसका किसानले खेतमा लगाएको धानमा बढी क्षति पु¥याएको छ ।
असिना पानीले ५० प्रतिशतभन्दा बढी धान तथा कोदोबाली नष्ट गरेको ज्यामरुङ गाविसका पूर्व गाविस अध्यक्ष डम्बरबहादुर अधिकारीले जानकारी दिएका छन् ।
काट्ने बेला भएको धान खेतमा नै ढलेर नष्ट भएको र काटेर खेतमा सुकाएको धान पनि असिनाले झारिदिएको उनले बताए । असिना पानीले खेतबारीमा पाकेको धानबालीका साथै तरकारीमा पनि क्षति पु¥याएको स्थानीय कृषकले जानकारी दिएका छन् ।
त्यस्तै नीलकण्ठ नगरपालिकास्थित साँकोष खुर्सानी खर्कको लगभग ३०० रोपनी जग्गामा लगाएको धानबाली असिना पानीले नष्ट गरेको छ । यसैगरी जिल्लाको सिमाना जोडिएको नुवाकोटको तारुका गाविस वडा नं ५, ६, ७, ८ र ९ को विभिन्न स्थान र दुईपीपल आसपासमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।
तिहारलगत्तै धान काट्ने तयारीमा रहेका नुवाकोटको तारुकाबेँसी, खोलबँेसी, सिम्लेबेँसी तथा आसपासका किसान असिना बालीले नष्ट गरेपछि चिन्तित बनेका छन् ।

प्रकाशित मिति: सोमवार, कार्तिक १०, २०७१