शनिबार, बैशाख १५, २०८१

पुष्प व्यवसाय र नेपाली बजार

काठमाडौं, ३ कार्तिक । पुष्प व्यवसाय पछिल्लो समयमा ह्वात्तै बढेको छ । पुष्प व्यवसाय गर्नेहरु आफ्नो व्यवसायबाट सन्तुष्टि नै बनेका छन् । त्यसैले त अहिले हेर्ने हो भने टोलै पिच्चै नर्सरीहरु देख्न सकिन्छ । जन्मदेखि मृत्युसम्मकालागि आवश्यक पुष्प चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड भने जस्तै भएको छ । पुष्प व्यवसाय गर्ने र पुष्प उत्पादन गर्ने किसानवीचको खाडल अझैसम्म पनि पुर्न सकिएको छैन । पुष्प उत्पादन गर्नेहरुको अवस्था तरकारी उत्पादन गर्ने किसान भन्दा माथि उठ्न सकेको देखिंदैन । अझ भन्ने हो भने लगानीका हिसावले पनि पुष्प उत्पादन गर्ने किसानहरुलाई फाइदा हुनु पर्ने थियो तर त्यसो नभएको पुष्प उत्पादनमा लागेका किसानहरुले नै बताउँछन् ।
godawariपुष्प व्यवसायमा पनि विचौलियाहरुको कारण किसानहरु मारमा परेका छन् । केही टाठा बाठाहरु सरकारी अनुदान लिनेदेखि पुष्प उत्पादनमा लाग्ने किसानहरुको जीवन स्तर सुधार्ने नाममा मोटो रकम असुल्नेसम्म पनि गरेको पाईन्छ । जसले गर्दा नेपाली पुष्प उत्पादनमा लाग्ने किसानहरुले अझ सकस भोग्नु परेको छ ।
तिहार नजिकिएको छ तर त्यसका लागि नेपालमा कति फूलहरु आवश्यक हुने हो भन्ने विषयमा सम्वन्धित व्यवसायीहरुले चिन्ता र चासो लिनु पर्ने थियो तर त्यसो हुन सकेको पाईदैन । तिहारका लागि करोडौं रुपैयाँको पुष्प छिमेकी राष्ट्रवाट भित्रिने गरेको छ । विगतदेखि नै त्यसलाई न्यूनिकरण गर्नका लागि केही आयोजनाले पुष्प व्यवसायीहरुलाई अनुदान सहयोग गरेको देखिएता पनि त्यो केवल बालुवामा पानी हाले जस्तै देखिएको छ । किसानहरुको बलबुताले भ्याएसम्म फूल उत्पादन गर्ने गरेको भएपनि त्यसलाई व्यवसायिक रुपमा फूल उत्पादन गराउन तर्फ नलागेको भने पक्कै हो ।
हरेक बर्ष हुने पुष्प प्रर्दशनीले पुष्प उत्पादन गर्नका लागि किसानहरुलाई उत्प्रेरित गर्नु पर्ने थियो तर सकेन ? किन उत्प्रेरित भएनन् किसान खोजी गर्नु पर्ने निकायनै जिम्मेवारबाट पन्छने प्रयास गर्ने गर्दछन् । केवल व्यवसाय गर्ने हो भन्दै छिमेकी राष्ट्रबाट अरवौं रुपैयाँको पुष्प खरिद गर्ने र व्यवसाय फस्टाएको देखाउनेहरुले उत्पादन क्षेत्रमा पनि केही लगानीको वातावरण बनाउनु पर्दथ्यो कि पर्दैनथ्यो भन्ने चिन्ता र चासो बढ्न थालेको छ ।
पुष्प उत्पादनका लागि प्रशस्त सम्भावना हुँदा हुँदैपनि व्यवसायका नाममा विदेशबाट आयात गर्ने तर्पm मात्र लाग्ने हो भने पुष्पका लागि पनि परनिर्भर हुनु बाहेक अरु केही पनि हुन सक्दैन ।

प्रकाशित मिति: सोमवार, कार्तिक ३, २०७१