शनिबार, बैशाख ८, २०८१

टड्कारो आवश्यकता भनेको पशु कल्याण ऐन नै हो -डा. विमलकुमार निर्मल, कार्यक्रम निर्देशक पशु स्वास्थ्य निर्देशनालय

interview

सातौ विश्व पशुपंक्षी दिवस कसरी सम्पन्न भयो यो दिवस ? 

विश्व पशुपंक्षी दिवस हरेक बर्ष अक्टोवर ४ मा हुने हो । यो बेला नेपालमा चाडपर्व पर्ने भएकाले राष्ट्रव्यापी रुपमा मनाउने भएकाले असोज २६ गतेदेखि सप्ताव्यापी रुपमा नै सम्पन्न भयो । यो कार्यक्रम नेपाल अधिराज्यभर नै सम्पन्न भएको छ । ‘हामी पशुपंक्षका लागि हामी, पशुपंक्षी हाम्रा लागि’ भन्ने मूलनारा लिएर नै अगाडि बढेका कारणले यो पटक हामीले पशु कल्याणका लागि नै जोड दियौं । पशुपंक्षीका पा“च वटा स्वतन्त्रताको कुरा गर्दै यसका लागि चाहिने वासस्थान, आराम, मित्रवत व्यवहार,रोगको निदान जस्ता कुराहरुलाई नै हामीले जनचेतना अभिबृद्धि गर्ने काम सम्पन्न गरेको छौं । त्यसस“गस“गै हामीले पशु कल्याणलाई नै विषयबस्तु बनाएर कार्यशाला गोष्ठि, अन्र्तक्रिया, निवन्ध प्रतियोगिताहरु मार्फत पनि पशुपंक्षी अधिकारका बारेमा कुरा उठाएका छौं । पशुपंक्षीका विषयमा जनचेतना अभिबृभि गर्नु अत्यन्तै आवश्यक छ ।
त्यसो भए नेपालमा जनचेतना कै कमी भईरहेको छ ?
हो, पशु कल्याणका लागि जनचेतना अभिबृद्धि गर्नु नै महत्वपूर्ण कुरा हो । अहिले नेपालमा जसरी पशुपालन व्यवसाय दु्रतगतिमा अगाडि बढिरहेको छ । त्यसका लागि उत्पादन र उत्पादकत्व बृद्धि गर्नका लागि पनि पशु कल्याणको लागि काम गर्नु पर्दछ । पशुपंक्षीलाई मित्रवत् व्यवहार र दुख नदिईकन राख्यौं भने पनि उत्पादन र उत्पादकत्व बृद्धिका लागि ठूलो टेवा मिल्छ । पशुलाई सुरक्षित गर्नु भनेको नै हाम्रा लागि हो । अर्को कुरा ७० प्रतिशत रोग पशुबाट मानिसमा सर्छ । पशु स्वस्थ भयो भने त पशुपालन गर्ने व्यक्ति स्वस्थ रहन्छ । त्यो कुरा नै किसानलाई बुझाउने हो ।
पशुपंक्षी दिवस पनि केवल दिवसमा मात्र सिमित रह्यो भन्ने आरोप छ नि ?
होइन, हामीले सप्ताहव्यापी रुपमा मनाईरहेका छौं । डोल्पा, मुगु जस्ता जिल्लामा पनि यो भव्य रुपमा सम्पन्न भएको छ । जनचेतना अभिबृद्धि गर्ने काम भईरहेको छ । त्यसले गर्दा दिवसमा मात्र सिमित रह्यो भन्न मिल्दैन । हामीले सातौ बर्षमा आईपुग्दा पशुपंक्षीका लागि केही मापदण्ड पनि बनाएका छौं । नेपाल सरकारको भएका ऐन नियमलाई नै हेरे मापदण्ड बनेका छन् जसले पशुपंक्षी पालनदेखि ढुवानीसम्मलाई सजिलो बनाएको छ । तर हामीलाई टड्कारो आवश्यकता भनेका पशु कल्याण ऐन नै हो ।
पशुकल्याण मापदण्ड त बन्यो तर त्यो कार्यान्वयन हुन सकेको छैन भन्ने सुनिन्छ नि त ?
पटक्कै कार्यान्वयन भएको छैन भन्न मिल्दैन । तर, सतप्रतिशत कार्यान्वयन भएको पनि म स्वीकार गर्दिन । यसलाई कार्यान्वयन गर्नका लागि पशु सेवा विभागले अनुगमन गर्ने हो । जिल्ला देखि गाउ“स्तरसम्म भएका सेवा केन्द्र मार्फत मापदण्डका बारमो सचेत गराउने काम हामी तीव्रताका साथ अगाडि बढिरहेका छौं । तर यो कुरा किसानहरुलाई भन्दा पनि बीचका व्यापारीहरु जसले किसान वा बजारबाट खरिद गरेर ओसार पसार गर्दछ उहा“हरुकै लागि हो । उहा“हरुलाई सचेत गराउने जनचेतना अभिबृद्धि गर्ने आवश्यक छ । महत्वपूर्ण कुरा के हो भने जुन पशुलाई मासुका लागि किसानबाट बजारसम्म ल्याएन्छ ल्याउनाका लागि यदि ढुवानी राम्रोस“ग भएन भने मासुको गुणस्तर नै विग्रन्छ । त्यसकारण व्यवसाय गर्नेहरुले मात्र होइन हामी मासु उपभोग गर्नेहरुले पनि मासुका लागि प्रयोग भएका पशुको वधस्थलको बारेमा जानकारी लिनु आवश्यक छ । मान्छेले खाने मासु स्वस्थ हुनका लागि पनि पशुको ढुवानी, बधशाला बध गर्दा अपनाउनु पर्ने विधि निर्धारण गर्नु पर्दछ ।
पशु कल्याण मापदण्ड त छ तर नेपालमा पशु कल्याण ऐन के कारणले नबनेको होला ?
हाम्रा छिकेकी मुलुकहरुमा धेरै अघि नै पशु कल्याण ऐन बनिसकेका छन् । हामीले पनि पशुपालनका लागि बनेका मापदण्ड निर्देशिका बमोजिम नै गर्नु पर्दछ । जहा“सम्क ऐनको कुरा छ त्यो संसदले नै गर्ने कुरा हो । त्यसका लागि हामीले ४ बर्ष अघि नै ड्राफ्ट बनाएर मन्त्रालयमा पेश गरिसकेका छौं । त्यो अगाडि बढ्न सकेको छैन । कानून बनाउने निकायहरुले पनि यसतर्फ ध्यान दिनु प¥यो । पशु कल्याणका लागि नेपालमा कानून बनेको छैन भनेर बेलायतमा त्यसको विरोध भईरहेको छ । त्यो कुराबाट बेखवर त कोही पनि छैन । यसले गर्दा अन्तर्राष्ट्रिय दवाव आउन सक्छ । त्यसकारण जुनसुकै हालतमा भएपनि पशु कल्याण ऐन आउनु पर्दछ भन्ने मेरो मान्यता हो ।
नेपालमा पशु कल्याण ऐन नबनेका कारण विदेशमा विरोध भईरहेको अवस्था यदि बनेन भने पशुपालनका लागि दातृ निकायले दिने अनुदानमा असर पर्दछ कि पर्दैन ?
अहिलेको मान्छे कहा“ पुग्छ भन्ने थाहा छैन विश्व नै एउटा गाउ“ हो भन्ने मान्यता अगाडि बढिसकेको छ । विदेशबाट नेपालमा आउनेहरुले उतैबाट खाद्यान्न बोकेर आउने कुरा त हु“दैन । त्यसकारण नेपालमा उत्पादन हुने दूध, फुल मासुको गुणस्तर हुनु पर्दछ भनेर चासो लिन स्वभाविकै हो । उनीहरुलाई ख्वाउने मात्र होइन हामीले प्रयोग गर्ने पशुपंक्षीका मासु पनि गुणस्तरीय हुनु प¥यो । दातृ निकायको उदेश्य पनि गुणस्तरीय पशु उत्पादन नै हो हामीले जे गरेपनि हुन्छ भन्ने कुरा गर्नु भएन । हामी डब्लुटिओको सदस्यपनि हौं । त्यसकारण आयात निर्यात गर्नका लागि नियम बनाइएका छन् । हामीले मासुजन्य उत्पादन निर्यात गर्दछौं भने गुणस्तर त चाहियो त्यसका लागि दातृ निकायले दिने सहयोगको कुरा भन्दा पनि हाम्रो आफ्नो लागि पनि पशु कल्याण ऐन आउनु पर्दछ ।
पछिल्लो समयमा विदेशबाट फर्केकाहरु पशुपालनतिर आकर्षित भएका छन् र उनीहरुलाई सरकारी सहयोग पनि त्यतै लक्षित भएको देखिन्छ । नेपालमा नै रहेका बेरोजगारप्रति लक्षित भएन भन्ने आरोप छ नि त ?
पशु उत्पादन निर्देशनालयको कार्यक्रम हेर्ने हो भने सवैभन्दा ठूलो कार्यक्रम युवा लक्षित पशुपालन कार्यक्रम नै रहेको छ । हामीले १६ देखि ५० बर्षसम्मका लागि नै लक्षित गरेका छौं । यो युवा लक्षित कार्यक्रम भनेको बेरोजगारीका कारण विदेश जान चाहिरहेकालाई रोक्ने कार्यक्रम हो । तर नेपालका युवाहरु देखासिकीमा एक पटक गएर हेरेर त आऔं भन्नेको बाहुल्यता रहेको देखिन्छ । अर्कोकुरा बाहिरबाट फर्केकाहरु केही देखेर सिकेर आउनु भएको छ यसतर्फ आकर्षित हुनु भएको छ । गतबर्षको हाम्रो कार्यक्रममा ६० प्रतिशत त विदेश जान लागेका युवाहरु मध्ये नै छन् ।
खासगरी नेपालमा पशुपालनमा समस्या के हो ?
पहिलो समस्या भनेको अहिले पनि हामी परम्परागत रुपमा नै पशुपालन गरिरहेका छौं । एउटा व्यक्तिले गाई पनि पाल्ने भैसी पनि पाल्ने, कुखुरा पनि पाल्ने देखिएको छ । यसले जीवन निर्वाह हुन्छ र भईरहेको पनि छ तर यसले मुलुकको आर्थिका विकास र व्यक्तिको आर्थिक विकास पनि कुनै टेवा दिन सक्दैन । हाम्रो उदेश्य भनेको थोरै व्यक्तिले गरुन् तर व्यवसायिक रुपमा गरुन् जसले मुलुकको आर्थिक विकासका लागि टेवा पुग्छ । हामीलाई व्यवसायिक रुपमा पशुपालन गर्नका लागि कसैले गाई दि“दैन कसैले उन्नत पशुपनि दि“दैन हामीले यही नै उत्पादन गर्नु पर्दछ । त्यसका लागि नै हामीले कृत्रिम गर्भाधान कार्यक्रम ल्याएका हौं । त्यो बर्ष नै ६३ उन्नत बाछीहरु उत्पादन गरेका थियौ । दोस्रो बर्षमा ८४ हजार र गतबर्ष एक लाख उत्पादन गर्न सफल भएका छौं । यसलाई पाल्न त दानाले मात्र हु“दैन नेपालमा घा“समा आधारित गर्नु पर्दछ । पशु स्वास्थ्यका समस्या छन्, चरनका समस्या छन् बजारका समस्या छन् धेरै छन् समस्याहरु ।
समाधान कसरी गर्ने त ?
सवैभन्दा महत्वपूर्ण कुरा घा“स उत्पादनमा जोड दिनु पर्दछ । त्यसैगरी पशुबजारका लागि काम गर्नु पर्दछ । न्यून लगानीमा कसरी धेरै दूध उत्पादन गर्न सकिन्छ भन्ने प्रविधि किसानहरुलाई दिनु पर्दछ । नेपालमा ४० प्रतिशत भन्दा बढी जंगल त त्यसलाई प्रयोग गर्न सक्नु पर्दछ । शहर केन्द्रित भन्दा पनि गाउ“ केन्द्रित भएर हामी अगाडि बढ्न सक्यौ भने पशुपालन व्यवसायले ठूला फड्को मार्न सक्छ । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, कार्तिक २, २०७१