बुधबार, बैशाख १२, २०८१

अरुले काजमा ल्याउँदा नबिग्रने मैले ल्याउँदा बिग्रने ?

DSC03680

 हरिप्रसाद पराजुली, मन्त्री कृषि विकास

नार्कका कार्यकारी निर्देशकले राजीनामा दिएका छन् यो राजनीतिक हस्तक्षेपका कारणले हो भन्छन् नि ?
कृषि विकासका लागि वीसबर्ष दीर्धकालिन रणनीति योजना पारित हु“दै छ यो महत्वपूर्ण विषय बनेको छ । सन् २०२५ पछि नेपालमा कोही पनि भोको रहने छैनन् भन्ने हामीले प्रतिवद्धता व्यक्त गरेका छौं । यी सवै कामलाई अनुसन्धानका क्षेत्रमा कस्तो–कस्तो काम गर्दा हामी लक्ष्यमा पुग्न सकिन्छ भन्ने कामका निमित्त नार्कका कार्यकारी प्रमुख नै उपयोगी हुन्छन् । जसले राम्रो योजना दिन सक्छन, र हामीले हाम्रो योजना बनाउ“दा सा“चो अर्थमा बस्तुवादी कार्ययोजना बनाएर त्यसलाई सहज रुपले कार्यान्वयन गर्न सक्छौ भन्ने अभिप्रायका साथ उहालाई काजमा तानिएको हो ।
काजका नाममा काम गर्न नदिने सोचले ल्याएको भन्ने आरोप छ त ?
यो काज हो जागिरबाट हटाइएको होइन । उहा“लाई दिएको जिम्मेवारी सकिएपछि स्वत ः फर्केर जान पाउनु हुन्थ्यो । एउटै कामलाई २÷४ बर्ष लगाउने त होइन ? सन् २०१५ पछि जिरो हन्गर च्यालेन्ज शुरु हुने एडिएसपनि शुरु हुने भएकाले सन् २०१५ आउन धेरै समय नभएकोले उहा“लाई काजमा तानिएको हो उहा“ले कसरी बुझ्नु भो र राजीनामा दिनु भो थाहा भएन तर हामीले विशुद्ध मनसायका साथ काजमा बोलाएका हौं ।
उहा बाहेक अरु पनि थिए होलान् नि त बैज्ञानिक ?
कृषि विकासका लागि आजका आवश्यकता परिपूर्ति गर्ने गरी यसलाई परिचालन गर्न सकिन्छ उहा“को अनुभवलाई यही मौकामा प्रयोग गर्नु पर्दछ भन्ने उदेश्यले ल्याइएको हो । संसारमा जहँ सुकै पनि अनुसन्धान विना कृषिको विकास हु“दैन भन्ने मान्यता छ किनभने कृषिका लागि सवैभन्दा महत्वपूर्ण बीउ हो । जमीन जल जे भएपनि बीउ भएन भने के उत्पादन गर्ने त्यसकारण अधिक उत्पादन गर्ने खालका बीउको अनुसन्धान गरेर उत्पादन बृद्धि गर्न सकियोस् । कृषिबाट नै मनग्ये आम्दानी गरी युवाहरुलाई आकर्षित कसरी गर्न सकिन्छ, भोकमरी र कुपोषण अन्त्य गर्न उहाले जत्तिको योगदान पु¥याउने व्यक्ति जागिरमा रहेको नदेखिएकाले काजमा वाध्यता भएर नै ल्याएको हो ।
मन्त्रीले पार्टीकरण गर्न खोजेकाले यो अवस्था आएको भन्ने आरोप लागेको छ नि त ?
पार्टीकरण गर्न खोजेको भए यति लामो समयसम्म किन कुर्नु पर्दथ्यो । उहा“ एमाले होइन भन्ने कुरा मलाई त्यत्तिखेर नै थाहा थियो होला नि त ? तर म मन्त्री भएर आएको नै सात महिना भई सक्यो पहिले नै तान्न सक्थे होला फाल्न सक्थे होला आजसम्म किन हेर्नु पर्दथ्यो र ? तर उहा“लाई फाल्ने मनसाय थिएन । सहज अवतरणका लागि राजीनामा दिनु भएको  । उहा“ कृषि बैज्ञानिक हुनुहुन्छ राज्यलाई चाहिएको बेला उहा“ विज्ञतालाई मागौला । उहा“को विद्धता राज्यले मागेको बेलामा दिनु भयो भने लिउ“ला नभए उहा“ जस्तै अर्को बैज्ञानिक खोजौला ।
यस्तो काज तान्ने अभ्यासले नार्कको अवस्था विग्रन्छ रे नि त ?
२०५८ मा नार्क स्थापना भयो । नार्क स्थापना भएदेखि अहिलेसम्ममा यस्ता ४ जना कार्यकारी निर्देशकलाई मन्त्रालयमा हाजिर गराएर मन्त्रीलाई चाहिएको सल्लाह सुझाव र मन्त्रालयको काममा सहयोग लिने काम गर्ने चलन पनि थियो । विगतमा ४ जना कार्यकारी निर्देशकलाई हटाउ“दा नार्क नविग्रने ? अहिले मैले काजमा तान्दा बैज्ञानिकहरु हतोत्साही हुने भन्ने कुरा उचित होइन । नियमसंगत रुपमा मैले मेरा मातहतका कर्मचारीलाई काजमा ल्याउ“छु ।

प्रकाशित मिति: आइतवार, कार्तिक १६, २०७१