शनिबार, बैशाख २२, २०८१

भारतमा गोलभेँडा निकासी हुन थालेपछि कृषक हर्षित

पाँचथर, २४ असोज । जिल्लाको उत्तरदक्षिणी गाविसमा उत्पादन भएको गोलभेँडा भारत निकासी हुन थालेपछि त्यस भेगका किसान हर्षित भएका छन् । स्थानीय बजारमा खासै भाउ नपाउने त्यहाँका कृषकले अहिले भारतको सिलगुढीमा लगेर गोलभेँडा बिक्री गर्न थालेपछि हर्षित भएका हुन् । पञ्चमकी ममता योङ्हाङले भन्नुभयो, “गाउँमै व्यापारीहरू आएर सस्तो मूल्यमा गोलभेँडा लैजान खोज्थे, हामी पनि घरमै व्यापारी आएपछि बोकेर कता लैजानु भन्ने ठान्थ्यौँ तर यहाँदेखि झापाको काँकडभिट्टा हुँदै अहिले भारतको सिलगुढीसम्म पु¥याउने गर्दछाँै, त्यहाँ त यहाँभन्दा तेब्बर मूल्यमा बिक्री हुँदोरहेछ ।” यसअघि यहाँ उत्पादित गोलभेँडा सदरमुकाम फिदिम, ताप्लेजुङ र झापाको विर्तामोड बजारमा सीमित भएर बिक्री गर्नुपर्दा कृषकले चरम घाटा खेप्नुपरेको थियो ।
आजभोलि यहाँबाट दैनिक ५० क्विन्टलसम्म गोलभेँडा भारतमा निकासी हुने गरेको स्थानीय ज्ञानेन्द्र लक्सले बताउनुभयो । झापा विर्तामोडका व्यापारीले किसानबाट गोलभेँडा खरिद गरेर मेची राजमार्ग हुँदै झापाको काँकडभिट्टा नाकाबाट भारतको सिलगुढीमा लैजाने गरेका छन् । कृषकले गोलभेँडा प्रतिकिलो रु २५ मा घरमै बिक्री गर्दै आएका थिए । –कृसा

प्रकाशित मिति: शुक्रबार, अशोज २४, २०७१