शनिबार, बैशाख २२, २०८१

पाँच मिनेट मै सकियो रेविज दिवस

1

काठमाडौं, १२ असोज । आज आठौ अन्तर्राष्ट्रिय रेविज दिवस स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र पशु सेवा विभाग पशु स्वास्थ्य निर्देशनालय भेटेरिनरी जनस्वास्थ्य कार्यालयको संयुक्त रुपमा आयोजना गरिएको भएपनि रेविज दिवस वास्तव मै दिवस मात्र भएको छ । ७ बजे त्रिपुरेश्वरबाट निकाल्ने भनिएको ¥याली करीव ८ बजेर केही मिनेट गईसकेपछि ८० जना करीव सहभागीले त्रिपुरेश्वर चोक परिक्रम गर्दै स्वास्थ्य सेवा विभाग पुगेर टुङ्गिएको थियो । दिवस मनाउन ¥यालीमा सहभागी केही सहसचिवहरु खल्लो मानिरहेका थिए । ¥याली देख्दा लाग्दथ्यो कि त्यो रेविज दिवसको ¥याली नभएर मौन जुलुश जस्तै देखिएको थियो । आधा दर्जन घरपालुवा कुकुर लाई अगाडि राखेर ¥याली आयोजना गर्ने आयोजक पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक विजयचन्द्र झा स्वास्थ्य सेवा विभागको प्रांगणमा पुग्न नपाउँदै आक्रोशित मुद्रामा कुलेलअ ठोके ।
रेविज दिवसका सन्दर्भमा अन्र्तक्रिया कार्यक्रम तय ९ बजे गरिएको भएपनि ९ः३० बजेसम्म आयोजक नै नआएपछि कार्यक्रममा उपस्थ्ति पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. विमल कुमार निर्मल केही समय धैर्य गर्न साथीहरुलाई भन्दै थिए तर, कार्यक्रममा सहभागीहरुको ९०प्रतिशत आयोजकप्रति रुष्टता व्यक्त गर्दै फर्किए । कार्यक्रममा कुकुर सहति सहभागी कोटेश्वरका आशिस अमात्य कार्यक्रम अत्यन्तै खल्लो भएको भन्दै हिजोराती मात्र आपूmले खवर पाएकोले सप्ताहव्यापी कार्यक्रम कसरी सम्पन्न भयो भन्नेमा आश्चर्य प्रकट गर्दै सरकारी निकायको यो लज्जास्पद कार्यक्रम भएको कृषि अनलाईनलाईन बताए ।
त्यस्तै कार्यक्रममा सहभागी नेभ्लाका अध्यक्ष पूर्णबहादुर बुढाले पूर्वतयारीको कमीले गर्दा यो रेविज दिवस खल्लो भएको बताए । रेविज दिवस कार्यक्रमप्रति प्रश्न गर्दै यो नागरिकप्रति उत्तरदायित्व भएन । आयोजक उदासिन भयो कार्यक्रमका लागि सरकारले उपलब्ध गराएको बजेट पारदर्शि ढंगले छानविन हुनु पर्ने माग समेत बुढाले राखे । यो केवल बजेट सकाउने काम मात्र भएको उनको तर्क थियो ।
पशु स्वास्थ्यकर्मी हेमराज बोहोराले रेविज न्यूनिकरण गर्ने हो भने भ्याक्सिनेशका तर्फ जोड दिनु पर्नेमा ७०÷८० जनाको ¥याली निकाल्दैमा यसले पूर्णता नपाउने तर्क राखेका थिए । स्वास्थ्य सेवामा विभागमा पुगेका सहभागीहरुले कार्यक्रम कसरी शुरु भयो र कसरी अन्त्य भएको समेत पत्तो पाएनन् । रेविज दिवसको औचित्य समाप्त भएको हो त भन्ने कृषि अनलाईनको प्रश्नमा कार्यक्रम स्थलमै रहेका भेटेरिनरी जनस्वास्थ्य कार्यालयका प्रमुख डा. बोधनाथ अधिकारीले औचित्य समाप्त भन्न नमिल्ने तर्क राखे । उनले आपूmहरुले साताव्यापी कार्यक्रम आयोजना गरिरहेको बताए पनि कहाँ कहाँ के कार्यक्रम भयो भन्ने जिज्ञासा पूरा गर्न सकेनन् जिल्ला जिल्लाका कार्यक्रम भईरहेको भन्दै जिम्मेवारीबाट पन्छन खोजे । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, अशोज १२, २०७१