शुक्रबार, बैशाख १४, २०८१

अनुदानको रकम पाँचै विकास क्षेत्रबाट

काठमाडौं, ८ असोज । नेपालको कृषि क्षेत्रलाई व्यवसायिक कृषिमा रुपान्तरण गर्नका लागि विश्व वैकको सहयोगमा सञ्चालित व्यवसायिक कृषि तथा व्यापार आयोजनाले किसान, कृषक समूह, व्यवसायिक कृषि क्षेत्रमा काम गरिरहेका फार्महरुलाई उपलब्ध गराउँदै आएको अनुदानको सम्पूर्ण कार्य आयोजनाको क्षेत्रीय कार्यालय (प्रिस्ट) मार्फत गराउने भएको छ ।
विगतका आयोजनाको केन्द्रिय कार्यालयबाट गराउँदै आएको भएपनि तेस्रो चरणको अनुदान कार्यक्रमबाट आयोजनाको सम्पूर्ण अनुदानका काम पाँचै विकास क्षेत्रमा स्थापना गरिएको प्रिस्ट मार्फत गराइने भएको आयोजनामा कार्यरत उपसचिव बद्री दाहालले कृषि अनलाईनलाई बताउनु भएको छ । किसानलाई व्यवसायिक बनाउने सञ्चालन भएको सो आयोजनाबाट वितरित अनुदानको पहुँच किसानसम्म पु¥याउनका लागि र अनुदान रकम लिन केन्द्र धाउनु पर्ने कार्यको अन्त्य गर्दै विकेन्द्रित कार्य लागू गर्न सो कार्य गरिएको बताउनु भयो । अनुदानका सम्पूर्ण कार्य क्षेत्रीय कार्यालय मार्फत गरिएपछि किसानहरुलाई ठूलो राहत पुग्ने समेत उहाँले बताउनु भयो । -कमला नेपाल

प्रकाशित मिति: बुधबार, अशोज ८, २०७१